Posted by: nepali kanchoo May 29, 2012
aaja yo naulo kuro padna paye facebook ma
Login in to Rate this Post:     1       ?         Liked by
yo aaaja maile fb ma padne paye. kripaya yo kati ko satya ho bislesan garidinu hola. "not my opinion" ra aafno preformed opinion lai side rakera padnu hola. 




 कुनै पनि कुराको बिरोध गर्नु अघि त्यो कुरा को बास्तबिकता थाहा पाउनु जरुरी हुन्छ ! कतिपय कुराहरुको एथार्थ कहिले पनि थाहा हुदैन, मिडियाले सबै कुरा लुकाऊछ ! मेरो बिरोधको कारण तपाईहरुलाई म छोटकरीमा भन्छु, बर्षौ पहिले भन्न खोजेको थिए, माओबादीको बिश्वास लागेको थिएन, तर अब त अति भो ....
पत्त्यौनुहोस या नपत्यौनुहोस:
भारतले करिब २५ बर्ष अघि देखि नेपाललाइ भारतमा गाभ्ने प्लान गरेको छ र त्यो झन्डै ९० % पुरा भैसक्यो ! आज हाम्रो सरकारको अस्थिरतामा भारतको ठुलो हात छ ! भारतले नेपालको आर्मी र पुलिश कब्जा गरिसक्यो, अब प्रधानमन्त्री कब्जा गर्न मात्र बाकी छ ! भारतले नेपालको ठुलो ठुलो नदीहरु सबै कब्जा गरिसक्यो, नेपालमा अहिले खाने-पानी र बिजुली को अभाव येसैको कारण हो ! भारतले हिजो संबिधान उनीहरुको अनुकुल बनाउन लागेको थियो, बाबुरामले बन्न दिएन ! हिजो संबिधान बनेको भए आज 'मधेश' टुक्रिन्थ्यो ! संबिधान बनेन - मधेश टुक्रिनबाट बच्यो !
नेपाललाई जातीय राज्यमा विभाजित गर्ने प्लान भारतबाट नेपाल जोगाऊन को लागी मात्र हो ! जातीय राज्यमा विभाजित हुदा नेपाल कुक्रिन्दैन बरु एक अर्कोको सम्मान गरि 'एक' भै बस्नेछ ! नेपाल जातीय राज्यमा विभाजित हुदा भारतले मधेश त लेला... तर पुरै नेपाल लिन धौ धौ पर्नेछ ! अर्कोतर्फ जातीय राज्य छुटिदा एउटा जातले अर्को जातको सम्मान र संस्कार गर्ने अवसर पाउछ, नेपाली जातहरुको इतिहास जोगिन्छ ! नेपाललाइ जातीय राज्यमा बिभाजन नगरे चाडै नै एक दिन भारतले नेपाल को नाम परिवर्तन गरि 'उत्तरबर्ष' राख्नेछ! नेपाल रहे हामी नेपाली रहौला... नेपाल नै नरहे हामी नेपाली कहाँ रहौला ? भू. पु राजाले केहि महिना अघि यो कुरा भनेको बिर्सिनु भो ? अब नेपाललाई बचाउने को ?
तपाई बचाउनु सक्नु हुन्न भने बचाउनु खोज्नेलाइ डिस्टर्ब नगर्नु होला !!!
Read Full Discussion Thread for this article