Posted by: Geology Tiger May 28, 2012
Nepali Daka raped Nepali
Login in to Rate this Post:     1       ?         Liked by
आखिर दोष कसको ? देश र जनतालाई लुट्न पल्केका चोर नेताहरुको ? यस्ता चोरहरुको हो हो मा लागेर भोट हाली हाली सभासदको बिल्ला भिराइदिने र पछि यिनैको कुरामा लागेर एक आपसमा मारामार गर्ने सोझा साझा जनताको ? देश र विदेशमा बसेर देश र जनताको बारेमा ठूलो ठूलो कुरा गर्ने तर गर्न चाँही कहिल्यै केही नगर्ने तथाकथित बुद्दिजिवीहरुको ?

यी नेता भनाउँदा जन्तुहरु कहिले देश र जनताप्रति उत्तरदायी बन्ने होलान् ? शुरु शुरुमा त सबै राम्रो कुरा गर्छन् तर कुन बेला यिनीहरु ब्वाँसो बन्छन् त्यो कुराको पत्तै हुँदैन । के नेपाल र नेपालीले सधैंभरि एक पछि अर्को गर्दै राजनैतीक कुव्यवस्थामा पर्नै पर्ने हो ?

प्रश्नहरु कति कति .... तर उत्तर कतै देख्दिन । उफ्फ् मेरो देशको नियति .... अँध्यारै अँध्यारो.. उज्यालो कँही देख्दिन ।

Read Full Discussion Thread for this article