Posted by: _____ May 27, 2012
सम्भिधान आएन भने को जिम्मेबार ?
Login in to Rate this Post:     0       ?        
सम्भिधान आएन भने को जिम्मेबार ?

६०१ जना संसाद, ९ अर्ब रुपिया खर्च, चार वर्ष को समए. जन आन्दोलन ,१५ हजार नेपाली को बलिदान, मधेस आन्दोलन अनि नेपाली जनता ले सम्भिधान नपाउने.
मैले त अझै पनि हरेश खाएको छैन लगभग ४ घण्टा अझै बाकि छ  अन्तिम समय मा नेपाल मा एउटा धर्म निरेपेक्च्या, संघिय र प्रजातान्त्रिक सम्भिधान जारी गर्न सकिन्छ. यहाँ समस्या जातिय संघियेता को मात्रै देखियो .
ये जातिवादी हो तिम्रो आफ्नो जात को नाम को राज्य को देश लागि  किन बन्दक राख्छउ? किन नेपाली जनता को बलिदान, समय, पैसा आफ्नो जात को अगाडी केहि पनि  थान्दैनउ?
कुवा को भ्यागुतो ले जस्तै कुवा बाहेक को संसार देख्न नसक्ने हरु तिमि हरु लाइ आफ्नो जात बाहेक आरु केहि देखिदैन?

जात बाहेक अरु कुनै पहिचान हुन सक्दैन ? आफ्नो नया पहिचान बनाउन  सकिदैन ? नेपाल भन्दा जात ठुलो ? सम्भिधन भन्दा जात ठुलो ?
 जातिवादी हरुले आफ्नो जात को नाम को बालहठ  छोडिदिएको भए एकहप्ता पहिले संबिधान बनि सक्ने थियो. जातिय राज्य मा आफ्नो हालीमुहाली र केहि चतुर जातिवादी हरुले मोज मज्जा गर्न को लागि जातिय राज्य चाहिय हो. नत्र भने जातिय राज्य ले न प्रतिबेक्ति आए बढ्छ, न नेपाली हरु बुध्हिमान बन्छन , न नेपालि रुपिया डलर बराबर हुन्छ, न नेपाल मा पेट्रोल खानी पाइन्छ.

न जातिय राज्य भएपछी ति जातिय राज्य मा बस्ने हरु IT  बिसेसग्य बंचन, न फटाफट अंग्रेजी बोल्न थाल्छन. इ सबै को लागि त बेस्करी मिहेनत गर्न पर्छ. जातिय राज्य ले ति जात का केहि चतुर ले मोज गर्न पाउछन, तेत्ति हो, अरु सबै को हाल जस्ता को तेस्तै, पैसा रुख मा फल्दैन, पेट्रोल नादि  मा बगेर औदैना .

मेरो विचार मा देश लाई बन्धक मा राख्न जातिवादी राज्य का  पक्च्य्धर हरु जिम्मेबार छन

Read Full Discussion Thread for this article