Posted by: FanTush May 26, 2012
From Syangja to Sydney, from Fikkal to Finland, the silent majority of Nepalis don't agree with the division of Nepal
Login in to Rate this Post:     0       ?        
@sirus_me  I 've got the a comment for you which is more similar to my thoughts and hope you'll get the answer ,I'm also up for equal rights but there are lots of things to take into consideration before we jump on any conclusion.
सदभाब र एकता मैन बत्ति बालेर नआए जस्तै आदिबासी जनजाती जिन्दाबाद भन्दैमा पनि आउदैन \ जब समर्थन मा जिन्दाबाद भनिन्छ बिरोध मा मुर्दाबाद पनि भनिन्छ भने कसरी त्यहा एकता हुन्छ ? समानता हुन्छ ?के कुनै पनि समाज ,क्षेत्र ,देश मा कुनै जाति ,धर्मालम्बी ,बिचार धेरै भएको आधारमा मात्रै एकता र समानता हुने आधार गनिन्छ र भनिन्छ भने थोरै जाति ,धर्मालम्बी ,बिचार भए एकता नगर्ने ,समानता नभन्ने थोरै भएको अधार मै त्यो जात का( बर्ग होइन ) सबै मानिस दोषी ठहरिने ? तिन का हक अधिकार पहिचान र जातीयता को महत्व नहुने ?आफु हरु को जस्तै तिन लाइ आफ्नो पहिचान र जातीयताको माया हुदैन ? तिनलाई सम्मान गरिनु पर्दैन ? यो कस्तो खाले एकता ,पहिचान र जातीयता को कुरा गराई हो ? लौ मानि लिउ यो उदाहरण हो कि थोरै जातिले हिजो धेरै जाति माथि अन्याय ,भेदभाब ,साशन गर्यो भन्दैमा आज अनि भोलि धेरै जातिले थोरै जाति माती अन्याय ,भेदभाब ,सोषण गर्न सक्ने आधार बनाउन खोज्ने ? अब सोशक र सोषित को कुरा हराए ? जनता र साशकका कुरा फेरीए ? सहरका जनता ,शिक्षित जनता ,ढलाने घर हुने जनता भयो भन्दैमा सुकिला र मुकिला भनेर बिपक्षी बनाइ हाल्ने ? के ति नेता ,पार्टी ,आन्दोलन ,क्रान्ति को लागि सहयोगी थिएनन ? सहयोगी हुदैनन् ? यो कस्तो टाट पल्टाई सोच हो ? हिजो आदिबासी ,जनजाती ,बाहुन क्षेत्री लगायत सबै गरिब बर्ग माथि एकै खाले बर्ग ,साशक ,राज्य ले अन्याय ,अत्याचार ,सोषण दमन ,भेदभाब गरेको होइन र ? २००७,२०३६,२०४६,२०६३ सम्म एक बर्ग ले अर्को बर्ग लाइ थिचोमिचो गर्यो भनेर भन्ने सबै जाति मिलेर आन्दोलन ,क्रान्ति गर्ने ,पार्टी ,संगठन निर्माण गर्ने २०६९ मा बर्ग बिहिन भएर जाति मात्र बाकि रह्यो ? बिचारले हार खाएर जाति ले जितेको हो ? बैचारिक एकता ,बर्गीय एकता ,स्वार्थ बाकि रहेन अब ? बैचारिक ,सैदान्तिक पार्टी को आबस्यकता हराएको हो ? जातीय राजनीति हाबी बनेमा माओबादी ,एमाले ,कांग्रेश .मधेशबादी ,प्रजातन्त्रबादी पार्टी को अस्तित्व बाकि रहन्छ ? एकै परिबार ,रगत का सन्तान को बिचमा त स्वार्थ र सम्पत्ति को लागि मारामार ,काटाकाट हुने हाम्रो नेपालि घर ,परिबार ,समाज भोलि भिन्न जातीय राज्य बने पछी ब्यबहार मा ,स्वार्थ मा तल माथि पर्यो भने राज्य राज्य बीच ,जाति जाति बीच झगडा ,द्वन्द ,लडाई हुदैन भन्न कोहि सक्छ ? नेपालि समाज नेपालि राजनीति ,नेपालि भबिस्य कता डोरिदैछ ? एक क्षण आफ्नो जस्तै अरुको पनि आफ्नै जस्तो आशा ,खुशी र माया हुन्छ भनेर सोच्ने कि ! आदिबाशी ,जनजाती , बाहुन ,क्षेत्री लगाएत सबै समाज का अंग कंगाल पारिएको राज्यको बनावट ,साशक का ब्यग्तिगत ,पारिवारीक र सामुहिक नाजायज स्वार्थ र काम कार्यबाही ले हो जाति ले होइन \ बर्ग ले हो जाति ले होइन \ बर्गीय समस्यालाई जातीय समाधान ले हल गर्न खोज्नु भनेको टाउको को दुखाइ मार्न नाइटोमा औसधि लगाउनु जस्तै हो \ के हामि यति सारो अबुझ र अन्धो भै सकेउ \
source of comment : someone frm Maryland USA

Last edited: 26-May-12 11:33 PM
Read Full Discussion Thread for this article