Posted by: micarnal May 26, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
अब एति लेखि सके पछी अरु कुरा पनि लेखि हालौं. यहा एकातिर जिम्मेवार पदमा बसेका शेर्पाले आवेशमा आएर पत्रकार हरु लाई धम्कि दिएका छन् भने अर्को तिर पत्रकारले पनि आफ्नो पेशागत मर्यादा बिर्सेर आवेशमा आई अव्यवसायिक ब्यबहार देखाएका छन्. तेसैले न त शेर्पा प्रति मेरो सहानुभूति छ, न त पत्रकार प्रति नै.  Kiddo  ले भने झैँ शेर्पाले उठाएको पक्षपात को कुरा बिचारनीय चाही छ.  तर मूल कुरा यहा संयमित नभएर आवेश मा आउनाले कुरा बिग्रन पुग्यो.

होइन, शालीनतापुर्वक अरु लाई सम्झाउने बुझाउने तरिका ले आफ्नो कुरा किन नराख्ने होला मान्छेहरु ? यहा यो धागो खोल्नेले पनि धागोको शीर्षक र भाषा शैली हेर्दा  आफ्नो कुरा राख्ने भन्दा पनि अरुलाई उत्तेजित बनाएर झगडा सुरु गर्न खोजेको देखिन्छ. Mr Nepal99 जी, खै के पाउनु भो त ? कति जना लाइ आफ्नो साथमा लिन सक्नु भो त? नेपालमा ब्राह्मणहरुको बाहुल्य भएको संचार माध्यम ले पक्षपात गरेको छ भने उदाहरण सहित तिनको भण्डाफोर गरेर तिनलाई लज्जित पार्नु पर्यो नि. पक्षपात गर्यो भनेर एकहोरो यहा साझामा कार्टून टासेर र ठुल्ठुला फोन्टमा कतै बाट कपि पेस्ट गरेर  समयको नाश त हुन्छ नै जनजाति समुदाय ले उठाएका मूल मुद्धाहरुप्रति समर्थन जनाउने अन्य समुदायका कतिपय नरमपन्थीहरु समेत अतिबादी कित्ता तिर धकेलिनछन्  र अन्त्यमा जनजाती समुदायले उठाउन खोजेका मूल मुद्दाहरु ओझेलमा पर्छन मात्र.

हामी अलि पढे लेखेकाहरु  बेला बेला मा भूपी शेरचन को हल्लै  हल्लाको देश कविता कोट गर्न सारै मन पराउछौ. तर हामि आफै  हल्लै  हल्लाको पछी कुदेका छौ कि छैनौ भनेर आत्म समिक्षा गर्न जरुरि छ. कसैले कागले कान लग्यो भन्दैमा कागको पछी दौडिनुभन्दा पहिले कान छाम्नु पर्छ भनेर धेरै  चोटी भनि सकिएको छ. म त भन्छु, सब भन्दा पहिले कागले कान लग्यो भनेको हो कि अरु नै क्यै लग्यो भनेको हो, राम्रो संग सुन्नु पर्यो, जुन कुरा यो धागोमै पनि हुन सकेको छैन. शेर्पा ले पक्षपात गर्ने पत्रकार महासंघ (ब्राह्मणहरुको बाहुल्य भएको) लाई बाँकी राख्दैनौ भनेका छन्, पुरै वर्ग वा समुदाय लाइ भनेका छैनन्. अनि सिद्द्यैदिने भनेर त भनेका पनि छैनन्, तर तेही सिद्द्यैदिने र बाँकी नराख्ने लाई नै लिएर यहा ठुलो जुहारी चल्यो. कसैले पत्रकारलाई नै मार्छु भन्ने कस्तो मान्छे हो पनि भने, जबकी शेर्पा ले त्यो सब्द प्रयोग गरेकै थिएनन्.  जनजाति समुदाय को स्वायतताको मागले के भोलि साचै देश नै टुक्रिने हो त? नेपाल भन्ने देश नै नरहने हो त? उनि हरुका मागहरु के के हुन्? कसैले यहाँ उल्लेख गरेको पाइएन. आफुलाई जनजाति समुदाय को हिमायती  ठान्ने  mr nepal99 र grgdai  दुवै ले जनजाति का माग यी यी हुन् भनेर यो धागो मा अरु लाई सहि सूचना दिन सकेको पाइएन (यो बिषयमा अरु धागो हेर्ने न त मेरो रुची छ, न त अहिले मसंग समय नै छ). नेपाल का संचार माध्यम ले पक्षपात गरेकै हुन् भने पनि यहा साझा मा त हाम्रा माग हरु यी यी हुन् भनेर प्रस्ट संग राख्न सक्नु पर्थ्यो.  नेपाल का संचार माध्यम ले यसरी पक्षपात गरे भनेर उदाहरण सहित आफ्नो कुरा राख्नु पर्थ्यो. आफ्नो कुरामा अरुलाई मनाउन सक्नु पर्यो.
Read Full Discussion Thread for this article