Posted by: micarnal May 26, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
पहिलो कुरा, यहा यो धागो मा सिद्द्याई दिने र बाँकी नराख्ने को अर्थलाई लिएर नेपाली भाषा को  कुरा आएको हुनाले मात्र मैले ति दुइ वाक्यांश लाइ विशुद्ध शब्दार्थको  दृष्टिकोण ले बिश्लेसन गरेको थिए, कुनै पक्ष को समर्थन वा बिरोध गर्नलाइ भनेर हैन. अनि rahulvai जी ले एस एल सीको नेपालीमा नेपाल सर्बप्रथम को कुरा उठाउनु भएको ले मैले पनि भूमिका बाँध्दा बोर्ड को कुरा उल्लेख गरे को हुन्, जुन सायद आबस्यक थिएन, तर जसको लागि यहा साझाका वरिष्ठ व्यक्तित्व rahulvai जी लगाएत ले ब्यङ्ग गरेको पाए. Yakku जी, हो, शब्दार्थ विज्ञानलाइ अंग्रेजीमा semantics नै भनिन्छ. semantic चै विशेषण हो. मैले गल्ति गरेछु. चार कक्षा देखि नै अंग्रेजी पढ्न थाले पनि अहिलेसम्म अंग्रेजीमा अलि कम्जोर नै छु.

"बाँकी नराख्ने" को अर्थ "सिद्द्याई दिने" होइन भनेर मैले भनेको छैन.  "बाँकी नराख्ने" को अर्थ "सिद्द्याई दिने" पनि हुन्छा, तर तेसका साथ् साथै  अरु अर्थ पनि हुन्छन भनेर उदाहरण सहित, उपमा (खण्ड र समष्टि) सहित प्रस्ट्याएकै थिए. नालापानी जी, तपैले दिएको उदाहरणमा बाँकी नराख्नु को अर्थ सिध्याउनु ( जस्तै आफैले खाएर, अरुलाई दिएर) नै हुनु पर्छा. किनभने जहाँ सम्म मलाई लाग्छ, पिज्जालाई अहिले सम्म खाने मात्र गरिन्छ. अझ, "प्यारा" भनेकाले त त्यो पिज्जा अरुलाई दिएर हैन, आफैले खाएर सिद्धाउनु  भन्ने अर्थ लाग्नु पर्ने हो ! तर यहा शेर्पा र पत्रकारबीचको घटनालाइ श्रीमती वा गर्लफ्रेन्डले प्लेटमा पिज्जा राखेर "बाँकी नराख्नु" भन्नुसंग तुलना गर्न मिल्दैन. पहिलो त पिज्जा (निर्जीव)  ≠ पत्रकार (सजीव). दोश्रो, आफ्नो अनुकुल समाचार नलेखेको  वा पक्षपात गरेको भनेर पत्रकारलाई " बाँकी राख्दिन" भनिसके पछी (वा भन्ने धम्कि दिईसके पछी) उनीहरुमाथि के के गरिएका उदाहरण छन् त? ज्यान लियिएका, कुटिएका, मुद्दा हालिएका, भण्डाफोर गरिएका, पत्रिकाको अफिस जलाइएका आदि धेरै उदाहरणहरु फेला पार्न सकिन्छ. तेसैले शेर्पाले "बाँकी राख्दिन" भनेर पत्रकारहरुलाई भन्दा यी मध्ये जुनसुकै वा अरु कुनै, जे पनि गर्न सक्छौ भनेर भन्न खोजेको हुनसक्छ.  यदि उनले राता राता आँखा पारेर  पत्रकारहरुतिर नाङ्गो खुकुरी सोझ्याउदै "बाँकी राख्दिन" भनेको भए, त्यो अबस्थामा "बाँकी राख्दिन" को अर्थ ज्यान लिने हो भन्न केहि गारो हुदैनथ्यो. हो,  ----- ले भने झैँ उनले उत्तेजित भएर भनेका छन्, यसबाट उनले ""बाँकी राख्दिन" भनेर जे गर्न गैरहेका छन्, त्यो पत्रकार को लागि राम्रो हुने छैन भन्ने बुझिन्छ (यो कुरा "बाँकी राख्दिन" को परिभाषा अन्तर्गत पहिले पनि परिसकेको छ).  तर उनले पत्रकारलाई के गर्ने छन् त? येही नै गर्ने छन् भनेर ठोकुवा का साथ् भन्न  सकिने अवस्था छैन. पत्रकारहरुलाइ "सिद्द्याई दिन्छु" भनेको भए चाही सन्दर्भ गौण भएर भौतिक रुपमा समाप्त पार्ने अर्थात् ज्यानै लिने भन्ने मात्र अर्थ लाग्थ्यो. तेसैले, " बाँकी नराख्ने" को अर्थ धेरै हुन्छन , जस अन्तर्गत "सिद्ध्याई दिने" को अर्थ पनि पर्छ.

जहाँ सम्म धम्कि भनेको धम्कि नै हो र कालो र सेतो को कुरा छ, यसमा म एउटा उदाहरण दिन चाहन्छु. चोरी गर्नु र कसैको ज्यान लिनु, दुवै अपराध हुन्. तर चोर र ज्यानमारा लाई दिईने को सजाए फरक फरक हुन्छन . अपराध भनेको अपराध नै हो भनेर चोर र ज्यानमारालाई यौटै सजाय दियो भने त्यो न्याय हुदैन. अपराध सहयोग वा सदभाव हुन सक्दैन. यस अर्थमा चाही अपराध भनेको अपराध नै हो. माथिको सन्दर्भमा शेर्पाको भनाइ धम्कि नै हो किन भने बाकि नराख्नेको अर्थ  नै जसप्रति यो वाक्यांश लक्षित छ उसको हानी हुने भन्ने हो. तर कस्तो खालको हानी ज्यानै लिने हानी पनि हुन सक्छ. अरु जुनसुकै खालको हानि पनि हुनसक्छ. वी सिम्पली डोन्ट नो!
Last edited: 26-May-12 09:43 PM
Last edited: 26-May-12 09:52 PM
Read Full Discussion Thread for this article