Posted by: Geology Tiger May 25, 2012
सर्बोच्चको फैसला पछि कुन बाटो उचित होला ??
Login in to Rate this Post:     0       ?        
हुनसक्छ अबको दुई दिन भित्र नेपालको राजनीतिमा के कस्ता उथलपुथुल होलान् र राजनीतिले के कस्तो निकास पाउलान् भन्ने कुरा ठ्याक्कै ठुल्दाइ र धर्केले भविष्यबाणी गरे जस्तै होला । यो यथार्थ हो कि हाम्रो देशको राजनिति बरु हाम्रो दक्षिणको छिमेकीले चाहेको बाटोमा अगाडि बढ्ला, दलहरुको शक्ति भागबन्डाको आधारमा अगाडि बढ्ला, तर आम नेपालीले चाहेको बाटोमा र उचित देखेको बाटोमा अगाडि बढदैन । तर पनि भक्तेदाइको प्रश्नमा मेरो जवाफ के हुनेछ भने अहिलेको संबिधानसभालाई नेपालको संविधान बनाउन नेपाली जनताले दिएको समयसिमा समाप्त भैसकेको छ । यसर्थ यो संविधानसभाले नेपालको संविधान घोषणा गर्ने अधिकार राख्दैन । बिशेष गरी देशको संघिय संरचना कस्तो हुने भन्ने बिषयलाई सिमित व्यक्तिहरुको समूहले बन्द हड्ताल र जुलुसहरु गरेर प्रभावित गरिरहेको अवस्थामा यस बिषयमा सम्पूर्ण नेपाली जनताको मत जान्न आवश्यक भैसकेको छ । त्यसैले अबको उचित बाटो भनेको ताजा जनादेश लिनु हो । अझ यसमा पनि नेपाली संघिय स्वरुपमा जाने कि नजाने भन्ने जस्ता मूल प्रश्नहरुमा त जनमत संघ्रह नै गराउनुपर्छ ।
Read Full Discussion Thread for this article