Posted by: shirish May 25, 2012
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        
 हाम्रो बारे बजारमा तिम्रो किताब आयो 

गल्ती गरें भन्नुपर्ने कस्तो दवाव आयो !

 

मेरो भोजमा आउनेलाई लाज भयो होला

मेरो लागि उपहारमा सधैं नकाब आयो ।

 

एकपल्ट बाध्यताले कांडा के बनेथें

तिम्रो यादमा संधैभरि उस्को गुलाब आयो ।

 

खोट खोज्ने बानी मेरा नौला हैन कुनै

ऐना हेर्दा पनि तिन्कै गाढा प्रभाब आयो !

 

किनारा नै लागे पछि बहाब घट्नु पर्थ्यो

शायद हाम्रो सम्बन्धमा नँया लगाब आयो !

 

Read Full Discussion Thread for this article