Posted by: dipika02 May 23, 2012
Login in to Rate this Post:
0
?
दिप, कथाको अन्तिम हरफले मलाई आफ्नो पुराना दिनहरु सम्झाए। घरमा बाबा मामुसँग झगडा हुँदा म भन्ने गर्थे " म १२ क्लास पछी त यहाँ बस्दै बस्दिन। म फर्केर पनि आउँदिन। बोलाइस्यो भने पनि आउँदिन....." आदी इत्यादी। ति शब्दहरु आउन त मनबाट नै आएको झै लाग्थ्यो तर त्यो केबल् मेरो आफ्नै भ्रम मात्रै हुन्थ्यो। चित्त दुखेको हुन्थ्यो, मन रोएको हुन्थ्यो र म घुर्की लगाउथेँ। अहिले हाम्रो स्थिती उस्तै लाग्छ। ति हनुमानहरुको कर्तुतले मुटु पोलेको छ, मन दुखेको छ र आबेशमा आफ्नो मातृभूमी प्रति तेस्ता शब्दहरु मुखबाट पानी को फोहोरा झै निस्किन थालेका सुनिन्छ। त्यो भन्दैमा आफ्नो देश प्रती माया नभएको चै पक्कै होइन। आफ्नै जनजाती दाजु भाईहरुले "बाहुन क्षेत्री गिँडिन्छ, आलो रगत पिइन्छ" जस्तो नारा गाउँदै हिंडेको बेलामा त्यस्तो प्रतिकृयाहरु सुन्नु नौलो कुरा होइन। हाम्रो स्थिती त्यो कथाको जेठा दाजुको जस्तो भएको छ र आमाको स्थिती हाम्रो नेपाल आमाको। आमाको लागि आफ्ना सन्तान हातका औंलाहरु जस्तो हो। जुन काटिएपनी दु:ख उत्तिकै हुन्छ। आफ्नै सन्तानका नराम्रा हर्कत् देखेर उनी रोइरहेकिछिन र मलाइ लाग्छ अन्याय तब हुन्छ जब हामी आफ्नो आमाको आखाबाट झरेको आँशुको बलिन्द्र धारा चुप चाप हेरेर बस्छौ, मनमा चिन्ता लिदैनौ।
साह्रै मार्मिक कथा पस्किनु भयो।
साह्रै मार्मिक कथा पस्किनु भयो।