Posted by: bittertruth May 22, 2012
टेवलमा लड्न मलाई गाह्रो भयो, सडकमा आउनुस'
Login in to Rate this Post:     0       ?        
अलि सोच्न सक्ने विचार र दिमाग छ भने सब्बै कुरालाई चारै दृस्टीबाट हेरुम | जातीय पहिचान भनेको राम्रो कुरो हो तर बुझ्नेले अर्कै बुझे | बाहुनले अन्य जातकालाइ पेलैकै हुन् , यो कुरो धुर्बसत्य हो | म प्रचण्डभक्त होइन तर उ बाहुन भैकन अन्य जातिका निम्ति आवाज उठाउने संभवत इतिहासमा पहिलो बेक्ती हो | शायद तेसैले होला उसलाई साथ् दिनेहरुमा सर्वहराबर्गका हरेक जात बिशेषहरु छन् | यो कुरालाई नकार्न सकिन्दैन | तर जुन हिसाबले उनीहरुको क्रान्तिले इतिहासमा एउटा कडी रच्यो , त्यो ज्यादै दर्दनाकपूर्ण छ | तेसैका कारण पनि उ धेरैको निम्ति घृणाको पात्र हुन सक्छ | दशौ हजार नेपालीको ज्यान गएका छन् , न माओबादी न सैनिक न सर्बसाधारण , ती थिए सब नेपालीहरुनै | येसरी आज तेत्रा शहिदहरुको बलिदान स्वरूप संबिधान सभाको निम्ति जुन खाका तयार भएका थिए , तेस्लाई धुलमुलौना अनेक भारतीय कठपुतली रुपी हाम्रै कथित नालायक कांग्रेश र एमालेका चोर नेताहरु लागिपरेका छन | यिनीहरु अझै पनि अरु निम्न जातबिशेषहरु माथिल्लो ओहदामा पुगोस भन्ने भित्रि हृदयबाट पक्कैपनि चाहदैनन् | सम्भिधानसभाबाट त्यो सम्भव छ तर यिनीहरु मुखले सम्भिधानको राग जपे पनि भित्रि मनमा भने तेसो नहोस भन्ने चाहन्छन | यो मैले भनि राखेको छैन , तिनीहरुको बेवारले चिचाई-चिचाई कन करै रहेका छन्  र अन्तत्वगत्वा यिनीहरुलाई नै फाइदा हुने यिनीहरुले देखिरहेका छन् किनभने जब भोलि सम्भिधान बन्दैन , तब यिनीहरु नै शक्तिमा रहन पाउछन र जब जातीयताको नाममा युद्ध हुन्छ दोष भने सब माओबादीलाइ | येसरी माओबादी पनि नाशिने र संबिधान पनि नबन्ने भएपछि के चाहियो | जातीयताको युद्धलाई उकास्न भारतीयहरुको धेरै हात छ | संघियताको आधारमा जातीय पहिचान खोजेका उनीहरुलाई यी भारतीय दलालहरुले अर्कै हिसाबले प्रस्तूत गरि रहेका छन् | आफ्ना जात जातिका उत्थानका निम्ति आफ्नै जातकाले बाहेक अरुले मतलब गर्दैनन् भन्ने उनीहरुको सोचाई  सोराइ आना ठिक हो र तेस्सैका निम्ति सरकारमा प्रतिनिधित्योको मागलाई अहिले आएर अनेक किसिमले बिथोल्न कोशिश गरिदै छ | एसका आफ्नै कारणहरु छन् जुन उनीहरुलाई राम्रो संग थाहा होला |
Read Full Discussion Thread for this article