क्रेजीले उहिले कथा लेखेको रहेछ, आफूले भने अहिले मात्रै देखें। आफ्नै स्कुल पढ्दाका दिनहरुको सम्झना आयो। रामेले पनि रोटेसन सम्झायो। कक्षा ९ र १० रामे पढेकै स्कुलमा पढेको हुनाले आफूले पनि त्यो अनुभव गरियो। अगाडि पछाडि कता परिएको छ,शिक्षक र बिद्यार्थीको ब्यवहार पनि त्यसै अनुसार बदलिन्थ्यो। लास्टाँ बस्नुको एउटा फाईदा चाँही के भने, पछाडि बस्नेले ढाडमा जथाभावी लेखेर सेतो कमीज निलो पारिदेला अथवा बस्ने ठाउँमा चक राखेर नीलो पाइन्ट सेतो पारिदेला भन्ने चिन्ता हुन्नथ्यो।
गुरुजीहरुको नाम त के के हुन् अहिले सम्झिंदा हाँसो उठ्छ। थेगो, बोल्ने, रिसाउने सबैका आआफ्नै तरीका हुन्थे। अरु त्यस्तै हो, government को उल्था ठीकसँग नगरे पनि नेपालको बर्तमान सन्दर्भमा भने शत प्रतिशत सही कुरो गरेको हो। अनि जाँड लाग्या र रिस उठ्या बेला बढी अंग्रेजी बोल्ने नेपालीहरु पनि सरसरी सम्झिंदा लामै फिस्ता भन्ने रहेछ।
काममा ब्यस्त मान्छेहरुलाई यस्तो रमाइला कथाहरु लेखेर अल्मल्याउने, एउटा हुन्छ नि।