लौ, स्वभाबैले attention seeking हुन्छन् रे मानब जाति, म मात्रै के अछुतो हुला त, यत्रो कमेन्ट र लाइक देखेपछि, फेरि अर्को भाग लेख्न मन लाग्यो।
"भन, भन गवर्मेन्ट भनेको के हो?" मिसले फेरि सोध्नु भयो।"
"गोबर बोक्ने मान्छे!" मिताले एकै सासमा उत्तर दि, सारा क्लासमा ठुलो हाँसोको लहर छुट्यो।
सामाजिक शिक्षा पढाउने मिस एकछिन मज्जाले हाँसेपछि, खुइय लामो सुस्केरा हाल्नु भयो र हातैको इशाराले मितालाइ बस्न भन्नु भयो।
मिता राती भइ, बेचमा बसेपछि मलाइ सोधी "किन हाँसेको?" अचम्म लाग्यो मलाइ, उसैलाइ किन हाँसेको पनि थाहा छैन। म चुप भए, मलाइ पनि उसलाइ किन हाँसेको भन्ने जवाफ दिन आएन।
"तैले के सुनिस्?" टिनाले सोधी,
"गोबरम्यान!" लौ जा, मिताले त "गोबरम्यान सुनिछ, फेरि हाँसो फुत्क्यो मेरो र टिनाको ओठबाट।
"गोबरम्यान भनेको गोबर र मान्छे हैन, त्यो भनेको गोबर बोक्ने मान्छे हैन त?" मिताले तर्क दिइ, मलाइ नि हो हो जस्तो लाग्यो। साँच्चै भन्ने हो भन्ने मिसको उच्चारण त्यस्तै सुनिएको थियो "गोबरम्यान्ट्"। नेपालीहरुले धेरै तरिकाले government गलत उच्चारण गरेको सुने मैले त्यसपछि।
ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ
लास्ट् बेन्चमा बस्दा प्राय टिचरहरुले पनि खासै हामीलाइ कक्षामा उति ध्यान दिदैनथे, जति अरु पढ्ने बिध्यार्थीहरुलाइ दिन्थे। त्यसमा पनि नेपालीको सर हुनु हुन्थ्यो, उहाँको पिरियडमा जस्तो हल्ला अरु कसैको पिरियडमा हुँदैनथ्यो। नेपाली पिरियड हामीहरुको बेस्ट् पिरियड थियो। हामी टिफिन खाने, हिन्दि फिलिमको कथा भन्ने देखि लिएर कपाल पनि कोर्थ्यौ, तर नेपाली सरलाइ केहि मतलब हुदैनथ्यो। उहाँको एउटा थेगो थियो, "एउटा हुन्छ नि!"
"ए, केटाकेटिहरु कति क्याउँक्याउँ गर्छौ, कक्षामा गुरु छ, एउटा हुन्छ नि!" कहिले कहि सर दिक्क भएर भन्नु हुन्थ्यो।
"नेपाली भएर त्यति पनि शुद्द लेख्न सक्दैनौ, एउटा हुन्छ नि!" हाम्रो हिज्जे देखेर उहाँ भन्नु हुन्थ्यो।
"पढ्नु वर्नु छैन, नक्कल पार्यो बस्यो, एउटा हुन्छ नि!" त्यो हामी लास्ट् बेन्चप्रति लक्षित थियो।
टिनाले एकदिन गन्न थाली, उहाँले पिरियडभरि कति चोटि "एउटा हुन्छ नि" भन्नु भयो। दश पछि उसले गन्नै छोडि।
एकदिन फेरि नेपाली सरको पिरियड थियो, हाम्रो दशै आयो। टिनाले लेदो भएको आँपको पिरो तितौरा ल्याएकी रैछ, खाँदाखेरि जिब्रो रातो हुने। मिताले मागी, उसलाइ सानो टुक्रा दिइ, मैले मागे, पछि दिउला भनेर टारी, मलाइ रिस उठ्यो। म छेउमा थिए, मिता, टिना र मेरो बिचमा थिइ। मैले टिनाको हातबाट तितौरा खोस्ने प्रयास गरी, टिनाले दुबै हातले झन बलियोसित तितौराको कागजको पोको लुकाउन थाली। मिता बिचमा बसेर हामी दुबैलाइ छुट्याउन खोज्दै थिइ, मैले पनि दुबै हातले तितौरा खोस्ने भाको, टिनाको हातको कागजको पोको त उच्छिटिएर गयो। कहा पुगेछ भनेर हेरेको त सरको निर हालेर धोएको सेतो सर्टमा रातो दाग, तितौराको? हैन होला, हैन होला भनेको हो रैछ, सर कतिखेर हाम्रो बेन्चतिर आउनुभयो, हामीले याद गरेनौ। ल बर्बाद! खत्तम! हुनु भएछ! मैले मन मनमा भने, कहिले नरिसाउने सरको रिस कति माथि पुगेछ भने नि उहाँले नेपाली हैन इङलिसमा हामीलाइ आदेश दिनु भयो।
"स्ट्यान्ड अप!" नेपालीहरुले इङलिश दुइ अबस्थामा बोल्छन् रे, एउटा जाँड खाएको बेला अरुको ज्यादै रिस उठेको बेला, भन्नै परेन सरको इङलिश यति खतरा थियो कि इङलिश नै पढाउनु हुन्छ कि झै लाग्थ्यो।
थरथर काम्दै मिता, मुख फुलाउदै टिना अनि पछुतो मान्दै म उठे, सरको नाकको पोरा "फ्वाँ फ्वाँ" गरेको मैले देखे, सर आज तान्डब गर्छन् जस्तो लाग्यो मलाइ।
"स्ट्यान्ड अप ओन् द ब्यान्च!" लौ मार्यो सरले नेपाली पिरियडमा पनि हामीलाइ बेन्चमा उठाउनु भयो। हामी तिनै जना बेन्चमाथि उठ्यौ!
"कान समात्ने!" घोक्रो फुलाएर सरले भन्नु भयो।
मीता रुन थाली, त्यसको सिङान नि बग्न थाल्यो, टिना र म केहि नबोली कान समातेर बस्यौ।
"सर कक्षामा छ, ध्यान पटक्कै छैन, स्टुपिडहरु, एउटा हुन्छ नि!" सर पड्किन थाल्नु भयो।
हो नि सर, ध्यान पटक्कै छैन! मन मनमा मैले यहि भने, मिताले सिङान स्वारर माथी तानेको सुने, क्लास चुपचाप थियो।
"आमाबाउको पैसा उडायो, नक्कल पार्यो, टाइम पास! एउटा हुन्छ नि!" सरको डाइलग धारा प्रबाह गयो।
सबै मौन, कसले के भन्ने त्यस्तो गम्भिर अबस्थामा! सर अझै नि थाक्नु भएको रहेनछ।
"एउटा हुन्छ नि!" सरले अरु केहि भन्ने कुरा नपाएपछि फेरि उहि थेगो रिपिट भयो।
अति भएछ क्यारे, "एउटा त सबैको हुन्छ नि सर!" टिनाको मसिनो आवाज सुनियो।
मिता ठुलो स्वरले हाँसी, त्यसपछि सारा क्लास हाँस्यो।
घन्टि बज्यो!
नेपाली सर रातोपिरो हुदै के के बरबराउदै हामीप्रति औँला ठड्याउदै क्लासबाट निस्किनु भयो।
"हुँदैन त? सबैको एउटा हुँदैन त?" टिनाले मलाइ सोधिरहेकी थिइ इङ्लिश पिरियडमा!
"के सबैको एउटा??"
"सबैको एउटा मन हुदैन त?" टिनाको कुरा सुनेर म छक्क परे, मिता कन्फ्युज भइ।
"ए तेसो पो!" मैले त्यति मात्रै भने।
Dipu, thank u for sharing ur experience!