Posted by: Geology Tiger May 15, 2012
Changing lastname to "Nepal" for a united Nepal?
Login in to Rate this Post:     2       ?         Liked by
धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई,
शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई,
हैन भने नेपाली नभन,
वीरको छोरा नातिमा नगन

नेपाली हुन पूर्व जनमको कमाइले पुग्दैन,
पूर्खाको पौरख, श्रम र आशिष मात्रैले पुग्दैन,
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ, नेपाली चाहिन्छ ..
पराया मुटु दौराको फेरले छोपेर पुग्दैन,
हैन भने नेपाली नभन
वीरको छोरा नातिमा नगन

महाकाली मेची हो भन्छन नेपाल, म भन्छु मानचित्र
वास्तविक नेपाल छ भने कतै नेपाली मनभित्र
सबैले मन खोलेर भन जय जय नेपाल, जय जय नेपाल
भन्यौ कि बन्यो नेपाल सुन्दर शान्त र बिशाल
हैन भने नेपाली नभन
वीरको छोरा नातिमा नगन
सबैले मन खोलेर भन जय जय नेपाल, जय जय नेपाल

गोपाल योन्जन

Last edited: 15-May-12 01:33 PM
Read Full Discussion Thread for this article