Posted by: Geology Tiger May 15, 2012
Changing lastname to "Nepal" for a united Nepal?
Login in to Rate this Post:     0       ?        
साथीभाइहरुमा बडो गजबको बहस चलिरहेको रहेछ, नेपालमा जोरशोरको साथमा चलिरहेको जातीय राज्यको मागप्रति असहमति जनाउन आफ्नो थर सबैले नेपाली राख्ने कुरा कति ठीक र कति बेठिक भन्ने कुरामा...

मलाई लाग्छ यहाँ आफ्नो विचार राख्ने सबै साथीहरु देशको लागि उत्तिकै चिन्तित हुनुहुन्छ, मात्र देश र जनताले कसरी अहिलेको सारा समस्याबाट मुक्ती पाउछन् भन्ने विषयमा मात्र फरक विचारहरु छन् । ज-जसले आफ्नो थर नेपालीमा परिवर्तन गर्नुभएको छ, उहाँहरु वास्तवमै यो जातीय राज्यको मागप्रति असन्तुष्ट हुनुहुन्छ र देशमा जातिय सद्भाव कायम रहोस् भन्ने चाहनुहुन्छ । यो एउटा स्वागतयोग्य विचार हो तर उहाँहरु त पहिलेदेखि नै जातीय राज्य र जातीय विभेदको विपक्षमा उभिनुभएको छ नि । त्यसैले वहाँहरुको सोच र कार्यशैलीमा यो थरको परिवर्तनले तात्विक फरक पार्दैन । महत्वपूर्ण के हो भने उहाँहरुले यसरी आफ्नो थर नेपाली राख्दा जातीय पहिचान र जातीय राज्यको पक्षमा नारा लगाइरहेका मान्छेलाई कस्तो सन्देश जान्छ ? के साँच्चै उनीहरुले अहो मान्छेहरुले आफ्नो थर नै परिवर्तन गरेर नेपाली राख्न थाले हामी पनि अब यस्तो जातीय पहिचानको माग गरेर बस्नु हुँदैन भनेर सोच्नेछन् अथवा यो सब संघियता बिरोधीहरुको चाल हो भनेर बुझ्नेछन् ? मेरो विचारमा यो जातीय पहिचानको उग्र नारा लगाउने मान्छेहरुको दिमाग यति सजिलै परिवर्तन हुनेवाला छैन । तर सधैं एक थरी यस्ता मान्छेहरुको समूह हुन्छ जसको आफ्नो केही सोच हुँदैन र जतातिर हावा बहन्छ त्यतैतिर ढल्किन्छन् शायद त्यो समूहलाई यसले केही असर गरिहाल्छ कि?

आजको आवश्यकता के हो भने कुनै एउटा नेपालीप्रति राज्य र अरु नेपालीहरुले गर्ने व्यवहारमा जात, लिङ, बर्ण र भूगोलको आधारमा भेदभाव नहोस् । बिसौ थरी जातीको बसोबास भएको क्षेत्रलाई कुनै एउटा जातीको नामको राज्य नबनाइयोस् । तर यसो भन्दैमा हामीलाई हाम्रो जातीय पहिचाननै चाहिदैन भन्ने चाँही होइन । चाहे निर्जिव हुन् अथवा सजिव हुन् तिनको समान प्राकृतिक गुणको अाधारमा वर्गिकरण गर्नु र तिनको अध्ययन गर्नु त विज्ञानको पनि आधारभूत सिद्दान्त हो नि । हामी को हौ र कहाँबाट आयौ भन्ने जस्ता मानवजातीको विकासक्रमको तथ्यहरु भावीपुस्ताको लागि जोगाइराख्न भने पनि हामीले हाम्रो पहिचान सम्पूर्ण रुपमा मेटाउन हुँदैन ।
Read Full Discussion Thread for this article