Posted by: jhaukiri May 14, 2012
Login in to Rate this Post:
6
?
Liked by
हिजो घाम थियो
अस्ति धुम्म
तर आज पानी पर्यो |
किन (?)...
प्रश्न गर्ने अधिकार,
सरोकार र इच्छा
तीनटै नभाकोले छोडौ ..
तर जब-जब पानी पर्छ, पानीसंग बर्षीने धेरै कुरा छन् यहाँ |
त्यो दिनको पानी
र आजको पानी ..
समयको बदलाब ..
परिस्थितिको रुप ..
देख्दै छु भेलसंग बग्दै
जमिन/जीवन भित्र बिलिन भाको |
खत्तम भयो !!
सिधियो ..
बिजोग ...
पृथ्वीको प्रलय एउटा मानिसको अनुपस्थितिबाट
हुन्छ भन्ने लागेको थिएन
तर त्यही भयो |
पानी मात्र होइन, प्रश्नका
असिना पनि परे ..
तिनको चुटाइले ..फुटेको मन
लखतरान भएर ..पानी रोकिने प्रतिक्षामा थियो
तर त्यो दिन ....पानी रहेन
न तिमी रहेउ ....
त्यसपछि ,
जब जब पानी पर्छ
पानीको रापले म पग्लन्छु
असिनासंग तर्सिन्छु
चट्यङदेखि रुन्छु..
ओछ्यानमा घुसरिन मनलाग्छ
ओड्ने ओडेर
घुडा र टाउको जोडेर ...
आँखा चिम्लन्छु
आँखा चिम्लन्छु
कान थुन्छु..
अनि पर्खन्छु...
पानीलाइ रोकिन
र कल्पना गर्छु त्यो रंगीन इन्द्रेणीको
थाहा छ .....त्यसको रंग र मेरो कल्पना दुवै मिथ्य हुन् ..
तिमी जस्तै ...
आज पानी पर्यो ...हेरौ अब कैले पर्छ
किनकि जब जब पानी पर्छ....पानीसंगै पर्ने धेरै कुरा छन् यहाँ !!!
Last edited: 14-May-12 11:58 PM
Last edited: 14-May-12 11:59 PM