Posted by: _____ May 13, 2012
टेवलमा लड्न मलाई गाह्रो भयो, सडकमा आउनुस'
Login in to Rate this Post:     0       ?        


जातीय पहिचानको बिरोधीको प्रतिरोध गर्न प्रचण्डको आह्वान

'टेवलमा लड्न मलाई गाह्रो भयो, सडकमा आउनुस'

 

३१ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय पहिचानको विरोध गर्नेहरुको प्रतिकार गर्न आदिवासी जानजातिलाई आहृवान गर्नु भएको छ ।

आइतबार आफ्नै निवास लाजिम्पाटमा धर्नामा बसेका आदिवासी जनजाति नेता-कार्यकर्तालाई सम्वोधन गर्दै प्रचण्डले संघीयता विरोधीहरुले सडक कब्जा गर्न खोजेको भन्दै शान्तिपूर्ण ढंगले प्रतिवादमा उत्रन आहृवान गर्नुभयो । ‘संघीयता विरोधीहरुले सडक कब्जा गर्ने जुन दुस्साहस भएको छ, त्यसको तपाईहरुले शान्तिपूर्ण रुपमा प्रतिवाद गर्न जरुरी छ । देशभरीका सम्पूर्ण उत्पीडितहरु मजदूर, किसान, सम्पूर्ण आदिवासी जनजातिहरु एकजुट भएर उठ्नु पर्छ ।’ प्रचण्डले भन्नुभयो । संघीयता हुनुहुँदैन, जनता सडकमा आइसके भनेर दलहरुबीचको वार्तामा पहिचान मेट्ने प्रयास भइरहेको भन्दै उहाँले वार्तामा एक्लै लड्दा आफूलाई ग्राहो भएको बताउनु भयो । ‘म एक्लैले वार्तामा लड्दा गाह्रो हुँदोरहेछ’ प्रचण्डले भन्नुभयो-’संघीयता हुनु हुँदैन भनेर संघीयता विरोधीहरु अराजक रुपले हिडेको स्थिति छ, वार्तामा पनि उनीहरुकै स्वर चर्को भएको जस्तो भएको छ ।’

उहाँले पहिचानको विरोधीहरुले जिते फेरि निरंकुशता आउनसक्ने बताउनु भयो । प्रचण्डले भन्नुभयो-’पहिचानसहितको संघीयता हुने वा नहुने भनेर निकै ठूलो लडाई चलिरहेको छ । यो लडाई हामीले जित्नै पर्छ । तपाई हामीले जितेनौं भने फेरि एकचोटी निरंकुशतन्त्र लादिने स्थिति छ ।’ माओवादी अध्यक्ष प्रचण्डले आफू पहिचानका लागि लड्दै आएको भन्दै कुनै हालतमा सम्झौता नहुने बताउनु भयो । माओवादीले पहिचान छाडिसक्यो भनेर भ्रम फैलाउन खोजिएको भन्दै प्रचण्डले भन्नुभयो-’अब पहिचानमा सम्झौता गरिन्न । म टेबुलमा लडिरहँदा पनि यथास्थितिबादीले प्रचण्डले छाडिसक्यो भनेर भनेका छन् । पहिचानसहितको संघीयतामा सम्झौता गरिन्न ।’

प्रचण्डले लडाकू समायोजन भएको एक हप्तामै संविधान बन्छ भन्ने कांग्रेस र एमालेले अहिले विभिन्न बहानामा संविधान निर्माणमा अवरोध गरेको आरोप लगाउनु भयो । ‘माओवादीले सेना समायोजन गरेको एक हप्तामा संविधान बन्छ भन्ने भनेर कांग्रेस र एमालेका साथीहरूले भन्नुभयो । सेना समायोजन भएको झण्डै दुई महिना भइसक्यो’ उहाँले भन्नुभयो-’संविधानको अत्तोपत्तो छैन, संघीयताकै विरोधमा आवाज निकाल्न थालिएको छ ।’

एकल जातीय पहिचानको पक्षमा जनजाति सभासदहरुले मोर्चाबन्दी गरे लगतै दलहरुले कुनै हालतमा हृवीप तोड्न दिँदैनौं भनेर नेताहरुले आफूलाई धम्क्याउन थालेको बताउनु भयो । माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’तपाईहरु सबै जनजातिका प्रतिनिधिहरुले जातीय पहिचानसहितको संघीयताका निम्ती हामी हृवीप पनि तोड्छौं भन्नुभयो तर मलाई नेताहरुले कुनै पनि हालतमा हृवीप तोड्न दिइने छैन । संघीयतामा जान दिँइदैन भनेर धम्काउन थालेका छन् ।’

भेटमा जनजाति नेताहरुले भने जातीय पहिचान विनाको संघीयता स्वीकार्य नहुने भन्दै सडकमा उत्रने तयार रहेको बताएका छन् ।

http://onlinekhabar.com/2012/05/162354.html
Read Full Discussion Thread for this article