Posted by: amricane May 10, 2012
यथार्थता
Login in to Rate this Post:     2       ?         Liked by
 आज आँफै लाई केही सोध्न मन लाग्यो 
अैन अगाडि उभ्याएर आँफै लाई प्रश्न सोध्न मन लाग्यो 
 
कहाँ थिए के थिए 
कहाँ पुगे के भये 
केलाएर हेर्न मन लाग्यो 
के पाये के हारे 
के जिते के गुमाये 
सोच्न मन लाग्यो 
आज आँफै लाई अैन अगाडि उभ्याएर बयान लिन डर लाग्यो 
 
के थियो लक्ष्य , के थियो कर्तब्य 
के निभाये नाता के राखे सम्झौता 
आफ्नै प्राप्ती लाई केलाउन मन लाग्यो 
आज आँफै लाई अैन अगाडि रखेर प्रश्न सोध्न डर लाग्यो।
 
बाटो सही थो , लक्ष्य प्रस्ठ थियो 
कहाँ पुग्न पर्ने थो कहाँ पुगे सोच्न मन लाग्यो
हिंड्ने बाटो सिधा थियो , साथ् पनि राम्रै थियो 
कहाँ नेर बाटो भुले , कहाँ बाट साथ् छुटे 
फर्केर केलाउन मन लाग्यो , 
आज आँफै लाई केलाएर हेर्न मन लाग्यो 
अैन अगाडि उभिएर आँफै लाई हेर्न मन लाग्यो, 
अैन मा आँफै लाई देखेर डर लाग्यो । 
 
 
Read Full Discussion Thread for this article