Posted by: Geology Tiger May 4, 2012
ANA $1200 competition for Youth
Login in to Rate this Post:     1       ?         Liked by
गोर्खे ब्रो,

म अझै निराश भएको छैन । mno को जवाफ देखेर अलि खिन्न भएको मात्र हो । तर म जान्छु । मेरो सोच के हो भने यस्ता भेलाहरुमा नेपालको लागि सोच्ने र केही गर्न चाहने मान्छेहरुलाई पनि सहयोग पुगोस् । यस्ता कार्यक्रमहरुको माध्यमबाट विज्ञहरुलाई एउटा थिन्क ट्यान्क दिन र लगानिकर्ताहरुलाई लगानी गर्ने अवसरहरु पहिचान गर्न सहयोग पुगोस् । म नेपालीहरुले गर्ने हरेक कार्यक्रमहरु भ्याएसम्म र पाएसम्म जान्छु । बिशेष गरी आफ्नो शहरमा हुने कार्यक्रम त विरलै छुटाउछु । हेरु यो ड्यलासको कन्फेरेन्समा कस्तो अनुभव हुन्छ ।

अनि mno ब्रो

डेन्भरले एनए गर्नै नसक्ने भन्ने होइन । यो भन्दा अगाडि डेन्भरले एनए गरेको रेकर्ड पनि छ । कन्फरेन्स गर्न आँट गर्नु, कन्फरेन्स गर्नु र कन्फरेन्स राम्रोसँग गर्नु फरक फरक कुरा हुन् । मैले हामीसँग प्रयाप्त मात्रामा जनशक्ति नभएकोले राम्रोसँग कार्यक्रम गर्न सकिदैन कि भनेर यो चोटि जिम्मा नलिएको भनेको हो र जसले जिम्मा लिन्छ तिनिहरुले आफूसँग खटेर काम गर्न सक्ने र राम्रो काम गर्ने मान्छेहरु पर्याप्त भए मात्र जिम्मा लिनुपर्छ भनेको हो । नत्र फेरी पहिलेकै पारा दोहोरिन्छ.... जिम्मा त धेरैले लिए तर राम्रो एनए थोरैले गरे होलान् ।
Last edited: 04-May-12 04:44 PM
Read Full Discussion Thread for this article