Posted by: Geology Tiger May 4, 2012
ANA $1200 competition for Youth
Login in to Rate this Post:     0       ?        

mno मित्र,

नढाँटी भन्दा मैले यहाँको वेबसाइट हेरेको छैन तर मलाई ईन्टरनेट चलाऊन नआउने चाँही होइन । ए बाबा साझामा आएर बिज्ञापन चाँही गर्न हुने केही सोध्यो भने हाम्रो वेब्साइट हेर भन्ने!

अनि अर्को कुरा मलाई थाहा छ एनए गर्न गार्हो छ । तर मित्र एनए कै लेवलको नभए पनि केही साना कार्यक्रमहरु मैले पनि गरेको छु र यस्तो आए आउ नाआए बाल छैन भन्ने कुरा चाँही नगरौ । गर्नु पर्छ घर घरमै गएर पनि मान्छे बोलाउन पर्छ । फोन गरी गरी पनि बोलाउनु पर्छ । टेक्निकल सेसन भन्ने अनि त्यो बिषयमा को को मान्छे अमेरिकामा काम गर्दैछन भन्ने पनि थाहा छैन, उनिहरुलाई त्यो सेसनमा कसरी सहभागी गराउने पनि थाहा छैन । खाली आ-आफ्नो मान्छे बसेर गफ दिने हो कि क्या हो?

डेन्भरले किन एनए नगरेको मित्रलाई थाहा छ? हामीलाई फेरी पनि प्रस्ताव आएको छ र फेरी पनि हामीले भन्दैछौ हामीसँग त्यत्रो ठुलो जिम्मेवारी लिने मान्छे छैनन् । जिम्मेवारी लिए पछी काम पनि त गर्नु पर्‍यो नि ।

ल सहभागीले त नेपाली पारा देखाए देखाए एनए आयोजकले देखाउने पारा कति गाइजात्रे छ भन्ने कुरा त मैले बोस्टोन एनएमा धेरै राम्रोसँग देखेको हुँ । त्यो एनए पछी झन् के के गाईजात्रे पारा देखियो भन्ने कुरा त मैले के वर्णन गर्नुपर्‍यो होला र !

त्यसैले एनएवालाहरुको धोती कसरी फुस्किन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । त्यसैले सिस्टम के हो भनेर खोक्नु र अर्ति दिनुको सट्टा अलि जवाफदेही बनेकै बेस ।

अमेरिकी सिस्टमको गफ लगाउने मित्रलाई थाहा होला नि यही कुरा यदी मैले कुनै खैरेलाई सोधेको भए कसरी जवाफ दिन्थ्यो ।

बाँकी रह्यो साझाको कुरा, म ठोकेरै भन्न सक्छु त्यो एनएबाट भन्दा साझाबाटै धेरै नेपालीले सहयोग पाएका छन् र केही न केही मात्रामा देश बिकासमा पनि सहयोग पुगेको छ ।

म एनए बिरोधी होइन, बोस्टोनमा जाँदा धेरै ठुलो उत्साहकोसाथ गएको थिए । तर वाहियात लाग्यो । ड्यालासको एनएले साबित गरोस कि यो एनए भनेको नाचगान, उछल्कुद र झै झगडा बाहेक पनि केही हो ।

शुभकामना ! 

 

 

Read Full Discussion Thread for this article