Posted by: ThahaChaena April 30, 2012
एउटा बकस आएछ
Login in to Rate this Post:     9       ?         Liked by
'एउटा बाकस आएछ '

आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पायेर अलिकती सास आएछ  
भन्थ्यौ सारा संसारको सुख तिमीलाई दिन्छु
आफु मात्र हैन तिमीसाथ हुँदा संसारै बिर्सिन्छु
सुटुक्क कानमा माया गर्छु तिमीलाई भन्थ्यौ लजाएर
गयौ  पर्देश तिमि भबिश्यको सपना कती सजाएर
सम्झी यो बाकस उकुश्मुकुसिएको मनको तडप उर्लिरहन्छ  
भोको-पय्सी तिमी घोटिरहँदा आत्मा मेरो यहाँ जलिरहन्छ
डर लाग्छ यो बन्द बाकसले भोली को बोकी आउने हो
फर्क मेरो माया आफ्नै देशमा केही गरेपनी त भो
आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पायेर अलिकती सास आएछ  ।।

मेरो कविता लेख्ने कोशिश खै के भयो ....... सपार्न र सुधार्न मदत गर्नुस है

-थाहा-छैन (थाने)


Last edited: 30-Apr-12 01:04 AM
Read Full Discussion Thread for this article