Posted by: nepcha1 April 29, 2012
चोरी
Login in to Rate this Post:     0       ?        
 लेखकलाई कार्यक्रममै चोरीको बात

 

१५ बैशाख, काठमाडौं । अन्नपूर्ण पोष्ट दैनिक सम्बद्ध पत्रकार तथा साहित्यकार अशोक सुवेदीलाई साहित्यिक चोरीको आरोप लागेको छ । प्रगतिवादी समालोचक प्रा. राजेन्द्र सुवेदी पनि चोरीलाई संरक्षण तथा प्रोत्साहनको आरोपमा मुछिएका छन् । वैशाख १५ गते पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार कमल दीक्षितले सुवेदी द्धयमाथि यस्तो आरोप लगाएका हुन् ।

ऐतिहासिक मकै पर्वका नायक सुब्बा कृष्णलाल अधिकारीका सालासमेत रहेका कवि साम्बभक्त सुवेदी ‘मुरारि’ को ‘सुवेदी वंशावली’ नामक कृति चोरी गरेर अशोक सुवेदीले ‘सुवेदीका पुख्र्यौँली’ शीर्षक राखेर आफ्ना पिता हितप्रसाद सुवेदीका नाममा छपाएको आरोप लागेको छ । अशोक सुवेदी सम्पादित पुस्तकको भूमिका लेखेर प्रा. राजेन्द्र सुवेदीले अपराधलाई प्रोत्साहन गरेको चर्चा साहित्य वृत्तमा चल्ने गरेको भए पनि यसरी खुलेर आरोप लगाइएको यो पहिलोपटक हो । कार्यक्रममा वितरण गरिएको पुस्तक ‘साम्बभक्त सुवेदीः सृजना र सम्झना’ नामक कृतिका सम्पादक रोचक घिमिरेले त पुस्तकको आफ्नो सम्पादकीयमा फोनमार्फत् जानकारी गराउँदासमेत सुवेदी द्धयले अटेर गरी पटकपटक ती सामाग्री छाप्ने काम गरेको आरोप लगाएका छन् । कार्यक्रम स्थलमा रहेका अशोक सुवेदीलाई चोरीको वातमा मुद्दा हाल्नुपर्ने दिक्षितले बताएपछि उनी लुसुक्क बाहिरिएका थिए ।

राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रा.डा. मोहनहिमांशु थापा, स्रष्टाहरु जगदिश घिमिरे, मोदनाथ प्रश्रति आदिले कविको व्यक्तित्व र उनका कृतिका बारेमा चर्चा गरेका थिए । कार्यक्रम समालोचक डा. तारानाथ शर्माको सभापतित्वमा भएको थियो ।

कवि शाम्बभक्त पन्चायतकालका नेता तथा मन्त्री नवराज सुवेदीका पिता हुन् । पिताको मृत्युको समयमा पुस्तक छाप्छु भनी दिएको वचन तीस वर्षपछि पूरा गर्न पाएकोमा सुवेदीले गर्व गरेका थिए भने केही वक्ताले यति ढीलो गरेकोमा उनको खुलेरै खिसी उडाएका थिए । जानकारहरुका अनुसार पंण्डित र गुरुका रुपमा रामेछापमा असाध्यै लोकपि्रय रहेका पितालाई नवराजले चुनाव जित्ने हतियारको रुपम प्रयोग गर्थे र चुनाव जिते लगत्तै बाचा बिर्सन्थे । जसका कारण साम्बभक्तले नवराजलाई ‘कुपुत्र’को उपमा दिएका थिए ।

सायद त्यही भएर आफ्ना रचना संरक्षण र प्रकाशनको जिम्मा २०३८ सालमा मृत्यु हुनु एक महिनाअघि साथीका छोरा रोचक घिमिरेलाई जिम्मा लगाएका थिए ।
http://onlinekhabar.com/2012/04/157769.html

Read Full Discussion Thread for this article