Posted by: dipika02 April 20, 2012
साहित्यिक चोरी रोकौ
Login in to Rate this Post:     2       ?         Liked by
जिते दाई,
 
यो चोरीको सन्दर्भमा आफुलाई घटेको घटना सुनाउन मन लाग्यो। लग्भग ३ बर्ष जती अगाडिको कुरा हो। मैले एउटा कथा यही साझामा टाँसेको थिएँ। विद्यार्थी जीवनको बारेमा। म र मेरो साथीले भोगेका केही कुराहरु। त्यो टाँसेको कारीब दस दिन जती पछी यही साझाको एकजना पाठकले मलाई ईमेल गर्नु भयो। "तपाइले यो कथा अर्को website मा पनि post गर्नु भएको रहेछ  तर अर्कै नाम बाट" भनेर।म छक्क परेँ। त्यो कथा मैले काममा फुर्सद भएको बेलामा लेखेर तुरुन्तै साझामा टासेको थिए। अरु कतै टासेको त मलाई याद भएन। म त्यो website मा गए। नभन्दै त्यो कथा हुबहु टाँसेको रहेछ। प्रतिकृयाहरु पनि रहेछन टन्नै। लेखकले आँफैलाई परेको भन्दै हा हा र हे हे गर्दै जवाफ फर्काइरहनु भएको रहेछ। मलाई अचम्म लाग्यो। मैले वहाँलाई ईमेल पठाएँ के यो यहाँलाई नै परेका कुराहरु हुन भनेर। वहाँले हो यो म स्कुल पढ्दा आँफैलाई परेको भन्नु भयो। मैले फेरी सोधे यहाँको आइ डि ले त केटाको नाम जनाउछ तर कथा पुरै केटी को छ, के हो यस्तो भनेर। उहाले अरुले नचिनुन भनेर मैले केटी बनेर लेखेको भन्नु भयो। तेस्पछी मैले यो कथा त मैले साझामा नि पढेको थिएँ, लेखिका त अर्कै हुनुहुन्छ नि, लेखिकालाई मैले राम्रो सँग चिन्छु त भनेर फेरी पठाएँ। । तेस्पछी वहाँको उत्तर आएन। पशुपती नाथले सद्बुद्धी दिउन जस्तो लाग्यो। शायद वहाँले आँफै बुझ्नुहुन्छ कुनै दिन जस्तो लाग्यो र केही भनिन त्यो बेलामा तर त्यस्तो बिक्रिती हरुलाई फैलन चै दिनु हुँदैन।
 
Last edited: 20-Apr-12 10:40 AM
Read Full Discussion Thread for this article