Posted by: Geology Tiger April 20, 2012
साहित्यिक चोरी रोकौ
Login in to Rate this Post:     1       ?         Liked by
 केहि अगाडि हामीले साझामै सुरु गरेको नेपाली साहित्यमा हुने चोरी सम्बन्धी बहस र हाम्रै मित्र अम्रिकानेको कविता चोरी भएको घटनाले हामी सबै नेपाली साहित्यप्रेमी र साहित्य अनुरागीहरु यस्ता चोरीहरुको बिरुद्द आन्दोलित र आक्रमक हुनुपर्ने बाध्यताकारी स्थिति पैदा गरेको छ । हाम्रो यो अभियानलाई सबै भन्दा ठुलो सहयोग साझाकै हुनेछ । यसको साथै अरु धेरै नेपालीहरुमाझ हाम्रो यो आवाज पुर्याउन र यस्ता चोरहरुलाई निरुत्साहित पार्न हामीले फेसबुकको पनि साथ लिने निर्णय गरेका छौ । आउनुहोस् तपाईंहरु पनि यो अभियानमा सहभागी हुनुहोस् र नेपाली साहित्यमा लागेका यी धमिराहरुलाई निमिट्यान्न पार्न हामीलाई सहयोग गर्नुहोस्

http://www.facebook.com/sahityikchorirokau



Read Full Discussion Thread for this article