Posted by: Birkhe_Maila April 19, 2012
Clarifying everything about my poem बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट
Login in to Rate this Post:     3       ?         Liked by
कविता चोरी हुन्छ अम्रिकानेजी। लेख चोरी धेरै पुरानो समयदेखि चल्दै आएको चोरी हो। 
रचना तपाइँको हो, पहिलो पटक साझामा तपाइँले नै राख्नुभएको हो। तपाइँको कृती हो तपाइँले अरु पनि लेख्दै जानुहुने छ र फाट्ट फुट्ट चोरी पनि नहुँदै जालान भन्न सकिँदैन। यसलाई पोजिटिव हिसाबले लिनलाई यो सम्झनुस कि तपाइँका रचनाहरु, गहकिला र बढि आकर्षक बन्न थालेछन् त्यसैले त चोरी भयो। भोलि तपाँका रचनाहरुको भिडमा यि चोरहरु उदाङ्गिन सक्छन र यिनै चोरी भएका रचनाहरुले तपाँलाई चिनाऊन मद्दत गर्नेछन्। झन धेरै लेख्दै जानुहोस र बरु तपाइँका अहिलेसम्मका लेखहरु कता कता छरिएका छन्, तिनिहरुलाई मिती सहित कतै संग्रह गरेर राख्नुस।
म त बरु तपाइँलाई सफलताको बधाई दिन चाहन्छु!
Read Full Discussion Thread for this article