Posted by: Rahuldai April 19, 2012
Clarifying everything about my poem बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट
Login in to Rate this Post:     0       ?        

मेरो पनि अम्रिकाने कै जस्तै कथा ब्यथा छ . धेरै बर्ष पहिला गोर्खापत्र संस्थान द्वारा प्रकाशित हुने "मधुपर्क " मा एउटा कथा छाप्न आफै गएर दिएँ  सम्पादक महोदयलाई नै भेटेर , त्यतिबेला मा धर्मपथ स्थित नगरपालिकाको कार्यालयमा काम गर्थें . ३ महिना सम्म छापिएन .
 
३ महिना पछी पनि छापिएन भने स्वत: अस्वीकृत भएको मान्नु पर्छ भन्ने सामान्य चलन थियो . ३ महिना पछी फेरी गोरखापत्र गएँ, २ मिनेट को बाटो थियो . सम्पादक महोदय संग भलाकुसारी भयो . मैले मेरो रचना न छापिनु कारण सोधें " कतै मेरो लेखाइ स्तरीय भएन कि ?

".हैन तपाइँ को रचना प्रकाशन योग्य थियो, प्रकाशनको क्रम मा छ , अर्को महिना पक्का छापिन्छ " सम्पादक महोदयले दरो आश्वासन दिनु भयो .

अर्को महिना कुरें , मधुपर्क   निस्कियो . प्रकाशित सूची मा आफ्नो नाम देखें . दङ्ग परेर किनेर ल्याएँ . अफिसमा पुगेर पढ्दा त ...
त्यो मेरो रचना थिएँन , न त सिंग मिल्थ्यो न पुच्छर . नाम मेरै थियो , गाम मेरै थियो , कथा मेरो थिएन .

त्यो रचना प्रकाशित भएको केहि दिनमा अफिसमा फोन आयो, पारिश्रमिक लिन आउनु रे भनेर, लेखा शाखाबाट. मैले मेरो रचना हैन त्यो , मेरो नाममा कसैको रचना छापिएको हो, त्यसको पारिश्रमिक सक्कली लेखक लाई दिनु भनी दिएँ .

त्यसपछि मैले मधुपर्क किन्न बन्द गरिदिएँ . त्यो गुमनाम सक्कली लेखकले मलाई पनि चोरी को आरोप  लगायो होला नै ..
मेरो कथा पनि कसैको नाम मा छापियो होला नै , मैले चियो गर्न छोडी दिएँ . मधुपर्क जस्तो स्तरीय र प्रतिष्ठित साहित्यिक पत्रिकामा त त्यस्तो  हुन्छ भने अन्त ........

त्यसै गरी २००६-७ तिर साझा मै प्रकाशित मेरो एउटा कबिता " माइ संसार " को एक जना डुकुलंठुकले आफ्नो भनी छपाए. माइ संसारले मेरो user ID त्यो घटना भन्दा पहिले नै ब्यान गरि सकेकोले प्रतिपाद गर्न सकिन . माइ संसारका पाठक को लागि त्यै चोर नै सक्कली लेखक भए . साझा मा एउटा धागो नि सिर्जेको थियो - कबिता चोर लाइ फाँसी दे भन्ने .
http://sajha.com/sajha/html/index.cfm?threadid=41311 (need unicode be fixed)

http://www.mysansar.com/archives/2007/02/id/1270


त्यसै गरी अम्रिका मै आफुलाई बुद्धिजीवी लेखक कबि गायक ( दोहारी ) समाज सेवी ठान्ने " राम प्रसाद खनाल ( नेपाल टेलिभिजन का प्रस्तोताले ) आफ्नो वेब साइट मा मेरो एउटा कबिता आफ्नै भनी राखे .

मित्र अम्रिकाने, चोरहरु को बिगबिगी छ , कोकोस्लाई कठालो समात्दै हिडुम ... चोर कै बाहुल्य छ . अम्रिकाने ब्रो को चोर त झन् वाइस्याल. प्रज्ञाप्रतिष्ठान को प्राज्ञ बनेर "जन साहित्य " को प्रबचन कुन दिन सुन्नु पर्ने हुन्छ हामीले 

त्यस्ता चोरहरुको बारेमा साझा मा र फेशाबूक मार्फत एउटा आन्दोलन सुरु गरम ............. मेरो आग्रह हो ...

Read Full Discussion Thread for this article