Posted by: Rahuldai April 16, 2012
Login in to Rate this Post:
0
?
त्यो घर भूत आउने घर भनेर धेरै बर्ष अघि देखि खालि थियो, भुइँ तलाको पसल बाहेक. केहि दशक अगाडी माथिल्लो तल्लामा नि केही पसल टेलारिंग पसल थियो, तर कुनै पनि पसल धेरै दिन टिकेन. ब्यापारिक दृष्टिकोणले अत्यन्तै पायक पर्ने र लायक घर भए नि खालि हुनु वा भाडावाल न टिक्नु रहस्यमय नै छ .
केहि बर्ष अघि त्यस घरका मालिक संग कुरा गर्ने मौका मिलेको थियो . कुराको सिलसिलामा भूत आउने कुरा सत्य हो भनि सोध्दा उहाँले सत्य हो नै त भन्नु भएन तर केही गडबड को संकेत चाही गर्नु भएको थियो . माथिल्लो तल्ला जाने भर्यांग नै बिगारेर वा बन्द गरेर पसल भाडामा दिइएको छ . अर्थ केहि न केहि गडबड छ .
फेरी भूत को हल्ला चल्यो...... हल्लै हल्ला को देश भए नि त्यो हल्ला ...... घरबेटी मास्केजी लाइ एक रात त्यै घरमा सुत्न मनाउन सके चाही ... हल्ला नै हो...