Posted by: lamopuri April 13, 2012
facebook mahima!
Login in to Rate this Post:     2       ?         Liked by
उ आउछे फेशबुकको भित्तामा र ख्वाक्क् खोक्छे।
उसले खोक्दा नखोक्दै भित्तोभरी 'like' छरपट्ट हुन्छ।
comment को ओईरो लाग्छ मनौ like र comment
गर्न कन्या राषीधारी स्त्रीलम्पट पुरुषहरु खुट्टो उचालेर बसेका छन्।
उ अत्मगौरबले बसीभुत हुन्छे।
आफ्नो 'पपुलारिटी' देखेर दङ्ग हुन्छे।
भोका कुकुरहरुको झुन्डमा हड्डी फ्याँके झै
उ एउटा 'thanks all' भनेर कमेन्ट फ्याँक्छे।
त्यो 'thanks all' पनि आठा दशेक like बाट घेरीन्छ।

म जान्दीन फेसबुकमा यस्ता रमिता कहिले सम्म चलिरहन्छ।
तर जान्दछु,
उसको छाती र दुई खुट्टाको लोभ पाल्नेहरु
बिबाहित भएर पनि कुमार केटा हुँ भनीरहेका छन्।
आफीसको हाकीमको कुर्चीमा लुकीचोरी
बसेर फोटा खिच्छन् र facebook मा upload' गरिरहेका छन्।
अजबको फेसबुक र गजबको मान्छेहरु।

via facebook page!
Read Full Discussion Thread for this article