Posted by: Geology Tiger April 8, 2012
ऐतिहासिक पहिचानलाइ जातीयतासंग मुछ्नु दुर्भाग्यपूर्ण
Login in to Rate this Post:     2       ?         Liked by
मित्र किशोर लिम्बु, म गान्धीवादी चाँही होइन म फूलले हान्नेलाई फूलले नै हान्छु यदि कसैले ढुङ्गाले हान्छ भने त्यसलाई अझ सकेसम्मको ठूलो र सार्हो ढुङ्गाले हान्छु ।
 
हो म मानवले बनाएको यी सबै काल्पनिक सिमारेखाहरुको अन्त्य हुनुपर्छ भन्ने दर्शन बोक्छु, तपाईंको लागि यो अत्यन्त हावादारी गफ हुन सक्छ तर सय बर्षमा नभए हजार बर्ष पछि यो कुरा अवश्य हुनेछ भन्ने मेरो विश्वास हो । 
 
स्कटल्यान्डलाई जुन बेला उनिहरुले त्यो नाम दिए त्यहाँ कति प्रतिशत स्कटिशहरु बसोबास गर्थे ? आयरलयान्डलाई जुन बेला आयरल्यान्ड नाम राखे त्यो बेला कति प्रतिशत आइरिसहरुको बसोबास थियो? तपाईं त ऐतिहासिक प्रमाणहरुको आधारमा बोल्ने तर ब्रिटेनमा पाकिस्तानी र ईण्डियनहरु धेरै छन भनेर के हावादारी कुरा गर्नु भएको? के उनिहरु ब्रिटिश भन्दा पनि धेरै छन् ? एक चोटि तथ्याक खोतलेर हेर्नु होला .. फेरी मैले त जुन जातिको संख्या बढी छ त्यसैको नाममा राज्यको नाम राख्नुपर्छ भनेकै छैन, कहाँ देख्नु भयो यहाँले त्यस्तो कुरा? मैले त कुनै पनि जातिको नाममा राज्य नराखौ भनेको हो, बुझ्नु भयो ? ......... अनि तपाईंले भनेको लिम्बुवानमा लिम्बुहरु कति प्रतिशतमा छन् ? तपाईं ऐतिहासिक पहिचान खोज्ने भन्दै त्यो सिङो प्रदेशलाई त्यही अल्पसंख्यक लिम्बुको नाम दिन चाहनुहुन्छ भने त्यो बाँकी अरु जातीको लागि पूर्वाग्रह भएको कि भएन ? तर पनि तपाईंको नजरमा पूर्वाग्रही म हुँ तपाईंले त केवल ऐतिहासिक पहिचान न खोज्नु भएको हो यसमा तपाईंको के गल्ती? के तपाईंलाई लाग्छ तपाईं बाहेकका त्यहाँ बसोबास गर्ने अरु जातिले के चाहन्छन् ? तपाईंहरुलाई कहिले उनिहरुको कुरा पनि सुन्नु पर्छ भन्ने आवश्यकता महसुस भएको छ ? ए बाबा तिनिहरु चाँही मान्छेनै होइनन् तिनिहरु चाँही नेपाली नै होइनन् ? अनि के यहाँहरुले लिम्बुवान बनाए पछि बाँकी अरु सबै जातिले यहाँको दया निगाहमा बाँच्नुपर्ने ? कि लिम्बु बाहेकका अरु सबै जातीलाई लात हानेर निकाल्नु हुन्छ ? के यही हो समाबेशी प्रजातन्त्र ? 
 
मेरो ईतिहासको अध्ययन त्यति राम्रो छैन त्यही भएर गोर्खा र लिम्बुवानमा कसले जितेको थियो, कसले सम्झौता गरेको थियो जस्तो बिषयहरुमा बढी बोल्न सक्दिन तर मैले भन्ने कुरा के हो भने तपाईं ईतिहासको अध्ययन गर्नुस, यसलाई परिमार्जित् गर्नुस् अनि सुरक्षित गर्नुस् तर ऐतिहासिक पहिचानको नाममा नेपाललाई फेरि २०० बर्ष अगाडिको राज्य सिमाहरुमा टुक्रा पार्ने कुरा चाँही नगरनुस् । 
 
ए बाबा मौका नपाउने ले त पाएनन् रे तर ब्रिटिश आर्मीमा बाबु र दाई भएर काठमाडौमा मस्ती गरेर बस्दा पनि जाँचको अघिल्लो दिन एसी मिलान र चेल्सीको म्याच हेरेर बस्छ भन्ने त्यो मेरो गुरुङ साथीले छात्रब्रिती नपाउदा पनि दोष चाँही मलाई? मैले भनेको त मैले घुडा धसेर रात रातभर नसुतेर पढेर धेरै नम्बर ल्याउदा पनि म भन्दा कम नम्बर ल्याएको साथीलाई गुरुङ नै भएको कारणले किन छात्रब्रिती दिएको भन्या हो ? कुरा बुझ्नु भयो ?
 
तपाईं मलाई पूर्वाग्रही भएको आरोप लगाउनु हुन्छ तर आफू चाँही घुस्याहा चोर फटाहा सब यही बाह्हुन छेत्रीमा छन् भन्नु हुन्छ । यस्तो लाग्छ आनी ले गाए जस्तो राइलिम्बु र अरु जातीको लागि चाँही तपाईंको आँखा फूल भएछन् र अरु बाउन छेत्री लगायत अरु जातीको लागि चाँही काँडा भएछन् । राइलिम्बुले चाँही जे गरे पनि फूल न हुन् । तपाईंलाई म एउटा सल्लाह दिन्छु एउटा डायरी लिएर बस्नुस् र हरेक दिन आएको समाचारबाट चोरी, डाँका, घुसखोरी जस्ता सबै टिप्नु होस् त्यसमा कुन कुन जाती सहभागी छन् त्यो पनि नोट गर्नुहोस् । यदि ६ महिना यस्तो गर्दा पनि कोही लिम्बु, मगर, तमाङ, गुरुङ आदी परेन भने मलाई आएर भन्नु होला म तपाईंलाई आफ्नो गुरु मान्ने छु । किशो रजी खराब प्रवितीका मान्छे हरेक जातीमा छन् र राम्रा मान्छे पनि हरेक जातीमा छन् त्यसैले यो सबै कुरालाई जातियतासँग लगेर नजोड्नुस् । 
 
अधिकार सबैलाई चाहिन्छ तपाईंलाई पनि चाहिन्छ अरुलाई पनि चाहिन्छ र अधिकार माग्दा हामीले बिचार पुर्याउन पार्ने कुरा भनेकै त्यही हो आफ्नो अधिकार माग्दा अरुको अधिकार नखोसियोस् 


 
Last edited: 08-Apr-12 11:33 AM
Read Full Discussion Thread for this article