Posted by: Geology Tiger April 7, 2012
ऐतिहासिक पहिचानलाइ जातीयतासंग मुछ्नु दुर्भाग्यपूर्ण
Login in to Rate this Post:     2       ?         Liked by
यी जूकाहरु जुनसुकै नाममा भए पनि नेपाली जनताको रगत चुस्न चाहन्छन् । एउटा एउटा नारा, एउटा अलाप, एउटा पासो सधैं फालिरहेका हुन्छन् । अनि हामी जनता आँखा चिम्म गरेर यिनको पछाडि लाग्छौ, मारामार गर्छौ । यिनीहरुले पहिले जातियताको राग अलापे, त्यसको सर्वत्र विरोध भए पछी अहिले ऐतिहासिक पहिचानको राग अलाप्दै छन् । अनि नपढेका र पढेका जनताहरु चाँही तिनिहरुकै लहलहैमा लागेका छन् ।

किशोर लिम्बु जि तपाईंलाई म इस्वीको १८ औ शताब्दीको होइन १ अरब बर्ष अघिको नक्सा दिनसक्छु । जुन बेला अहिले नेपाल भन्ने भू-भागको पृथ्वीको सतहमा कुनै भौगोलिक अस्तित्व नै थिएन । जुन बेला यो पुरै समुन्द्रको पिधमा थियो । ल खोज्न सक्नुहुन्छ अब त्यो बेलाको ऐतिहासिक पहिचान? त्यहाँ कुन कुन जातिका भ्यागुता र कुन कुन कुन जातिका माछाहरु पौडिन्थे, पहिले त्यो पत्ता लगाउनुस् अनि तिनिहरुकै नाममा राखौ न त नेपालको संघीय राज्यहरुको नाम । के छ यसमा यहाँको विचार?



 
Last edited: 07-Apr-12 11:10 AM
Read Full Discussion Thread for this article