Posted by: KaliKoPoi April 6, 2012
NRNs bottleneck Dual Citizenship
Login in to Rate this Post:     1       ?         Liked by
 कुनै एक गाउँ थियो | त्यो गाउँका मानिसहरु गरिब थिए| एउटा नौजबान गाउको अबस्था देखेर वाक्क भै गाउँ छोडेर  अर्कै गाउँमा बसाइ सर्ने निधो गर्छ| जाने बेलामा आमाले एउटा टोपी छोरालाई दिन्छिन|टोपी छोराको जन्मसिद्द अधिकार हो  | छोरो बिदाबारी भएर निस्कन्छ| 
छोरो अर्कै गाउ पुग्छ| सुरु सुरुमा त न्यास्रो मान्दै थ्यो| पछि त्यहाको माहोलमा घुलमिल हुन थाल्यो| अर्को गाउँ सुखसुबिधा सम्पन्न थ्यो| बिस्तारै उसले पुरानो गाउ बिर्सदै गयो| उसकै सिको गर्नेहरुको लाम लाग्न थाल्यो| धेरै भन्दा धेरै जवान हरु नया नया गाउँमा जाने क्रम चली रह्यो चंल्दै छ| 
एक दिन छोरो पूर्ण रुपमा नया गाउँको बासिन्दा भयो| अनि आफ्नो घरमा राखेको पुरानो टोपी  छि: भनेर च्यातेर मिल्काई दियो| एतिबेला सम्म पुरानो गाउँ पुरानै अबस्थामा छ|
समय सधै एकै रहन्न| पुरानो गाउँको अवस्था देखेर नया गाउँमा पुग्नेहरुको मन मा दया पलाएर आयो| केहि गरौ भन्ने भाबना आयो| र नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरु मिलेर एक झुण्ड बनाए र पुरानो गाउमा पुगे| पुरानो गाउले हरुले तिनीहरुको भब्य स्वागत गरे| नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरु पुरानो गाउँ पनि नयाँ गाउँ जस्तै सम्पन्नशालि बनाउन कुनै कसर नराख्ने बाचा गरे|  
पुरानो गाउको नियमले अन्य गाउका बासिन्दालाई पुरानो गाउमा काम गर्न दिदैन| त्यसैले पुराना गाउँले ले आफ्नो पुरानो नियम परिबर्तन गरेर आबताजाबत एबं अन्य काम को लागि ढोका खोलिदिए| अनि एउटा गलबन्दी थमाइदिए| त्यो गलबन्दीले पुरानो गाउमा गाउको कार्यकारिणी बाहेक अन्य सबै अधिकार नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरुलाइ प्रदान गरेको थियो| 
नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरु यत्तिले नपुगेर टोपी टोपी भन्दै कराउदै छन्| पुरानो गाउँलेहरुले तिम्रो त्यो क्याप फुकाल नयाँ टोपी दिन्छौं भन्दा नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरु हामी क्याप माथि टोपी लाउछौ भनेर कुर्लंदै छन्| केहि महिना अगाडी मात्र पुरानो गाउँमा नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरुले नेता छान्ने क्रममा त सार्बजनिक कुस्ती नै देखाए| आझै पनि नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरु पुरानो गाउको मुहार परिबर्तन गर्छु भन्न छोडेका छैनन्| हजारौ नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरु मध्ये २/४ जनाले गल्बंदिमै पुरानो गाउँ गएर तहल्का मच्चाई सकेका छन् अनि बाकी हरु टोपी फलाक्दै बसेका छन्| अनि नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरु बारम्बार हाम्लाई टोपी किन नदेको भनेर ढाड फर्काएर बस्छन| 

नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दाहरु हो यदि नया गाउँ र पुरानो गाउको बीच द्वन्द भयो भने कुन पक्ष्य बाट बन्दुक उठाउछौ? कि सिखंडी भएर बस्छौ? 
 
नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दा हरु हो नयाँ गाउको क्याप लगाउदा खाएका कसम अनुसार तिमीले पुरानो गाउमा गएर नयाँ गाउँ अनुकुलका मात्र काम गर्दैनौ भन्ने कसले निश्चयता प्रदान गर्छ सक्छ?
 
नयाँ गाउँमा बस्ने पुरानो गाउँका बासिन्दाहरु हो पुरानो गाउको पुर्ख्यौली सम्पति लाइ नया कमाइ देखाएर पुरानो गाउलाई टाट पल्ताउदैनौ भन्ने कसले निश्चयता प्रदान गर्न सक्छ?

 यदि पुरानै गाउको माया लागेको भए क्याप फुकाल अनि टोपी लगाउ| हैन भने क्याप माथि टोपी लगाउने संसार मा नभएको जात्रा हाम्रो पुरानो गाउमा देखाउने  चेस्टा नगर. Jai Nepal 
Read Full Discussion Thread for this article