गणतान्त्रिक नेपालको संघिय राज्य हरुको नाम र सिमांकन ऐतिहासिक पृष्ठभूमि आधारमा गरिनु पर्छ किनकि इतिहास नै मानव सभ्यता को जिउदो अभिलेख हो | इतिहास लाई बंग्याइएको खण्डमा सास्कृतिक र मौलिक पहिचान बेवारिस हुन पुग्छ र भावी पुस्तालाई पहिचान बिहिन बनाई दिन्छ | प्राय हरेक दिन जसो नेपालबाट प्रकासित हुने संघियता समबन्धि लेख र स्तम्भ हरुमा पहिचानको माग लाइ जातीय र साम्प्रदायिकता संग मुछ्ने कार्य लाई दुर्भाग्य पूर्ण मान्नु पर्छ | कथित नेता र स्वघोषित बुद्दिजीवी भनौदो हरु देखि नेपालका प्रमुख पत्र पत्रिकाहरु ले पहिचान को माग लाइ जबरजस्ती साम्प्रदायिकता संग जोडेर भ्रम सिर्जान गर्नु का साथै संघियता प्रति वितिष्णा फैलाउने कार्य मा आफ्ना सम्पूर्ण शक्ति र श्रोत खर्च गरिरहेका छन् | संघियता लाइ जातियता संग जोडेर सदियेऔ देखिको सामाजिक सदभाव लाई खलबल्याउने र साम्प्रदायिक द्वेष फैलाउने अर्को गल्ति गरि रहेका छन् | अहिले देखिएको जातीय अहंकार लाई निरुत्साहित नगर्ने हो भने निकट भविष्यमा नेपाल फेरी अर्को कहाली लाग्दो जातीय युद्दमा फस्न सक्छ - जुन माओबादी को जनयुद्द भन्दा भयावह र रक्तपात पूर्ण हुन् सक्छ |
राज्य पुनःसंरचना आयोगले दुइ भिन्न प्रतिबेदन प्रस्तुत गरेपछि संघियता को बहस झनै चर्किएको छ | संघिय नेपालमा कति राज्य हरु बनाउने र उक्त राज्य हरुको नामकरण कसरि गर्ने भन्ने कुरामा सबैलाई मान्य हुने र सर्ब सम्मत हुने स्थिति नरहेको अवस्थामा संघिय राज्य हरुको निर्माण गरेर जेठ १४ सम्म मा सबिधान जारी गर्ने सम्भावना अत्यन्तै न्यून देखिन्छ | नेपालका प्रमुख पत्र पत्रिका र सामाजिक संजाल मा पनि संघियता को व्यापक बिरोध भएको देखिन्छ र त्यस को प्रमुख कारण जातीय संघियता भन्ने आम जनमानस मा पर्न गएको भ्रम नै हो | पहिचान को आन्दोलन लाई जातियता संग जोडेर सयौ बर्ष सम्म एकाधिकार रुपमा हाली मुहाली गर्न पल्केका सिमित वर्ग र जातिका विद्वान हरु प्रायोजित रुपमा संघियता लाई असफल पार्ने षडयन्त्र मा लागि परेका छन् | नेपालका स्वघोषित बुद्दिजीबी हरु राज्य द्वारा विभेद गरिएका उत्पीडित र जनजाती हरु लाइ उनीहरुको हक र अधिकार दिनु हुदैन भन्ने मानसिकता बोकेर संघियता को बिरुद्दमा विष वमन गरिरहेका छन् | ऐतिहासिक पहिचान लाइ जातिबाद संग जोड्नु हुदैन थियो तर माओबादी र कथित मधेशी हरुले सुतेको बाघ लाइ ब्युझाई सकेका छन् अब हेर्न बाकी छ की त्यो बाघ ले कसलाई खान्छ ?
काशी बाट दिक्षित् भएर फर्केका ब्राह्मण हरुले जंगल को बाटोमा बाघ को हड्डी भेटेर आफ्नो बिधाशक्ति ले जिउदो बाघ बनाए पछि उनीहरुलाई नै खाएको कथा त तपाई हामीले पढेका हौ |नेपालको राजनीति मा जातियता को बाघ ब्युझौने काम माओबादी ले गरे त्यस पछि जातियता लाई मधेसबादी हरुले चर्काए | जातीय अहंकार ले नेपाली समाज मा एका तर्फ सामाजिक सद्भाव बिथोलि रहेकोछ भने अर्को तर्फ नेपालका प्रमुख राजीतिक पार्टी हरुलाई समेत ठुलो चुनौती दिई रहेको छ | कथित जनयुद्द को बेला माओबादी ले प्रत्येक जातिलाई जातको आधारमा राज्य दिने आश्वाशन दिएका थिए र आफ्ना स्थानीय एकाई हरु पनि जात कै आधारमा गरेका थिए | माओबादी ले आफ्नो स्वार्थ को लागि इतिहासमा कहिले नभएको नया राज्य हरु जातको आधारमा भाग लगाउन सुरु गरे | माओबादी ले प्रस्ताब गरेको संघिय राज्य हरु पहिचान को नभई जातीय राज्य हरु हुन् | अहिले माओबादीलाइ नै उसले प्रस्ताब गरेको राज्य हरु निल्नु न ओकल्नु भएको छ किनकि माओबादी पार्टीका केहि नेताहरुनै जातीय राज्य को बिरोध मा उत्रेका छन् | बाघ ब्युझी सकेको छ, अब ब्युतेको बाघले माओबादी मात्र नभएर एमाले , कांग्रेस र मधेसबादी दल हरुलाई सिध्याउने खतरा बढी रहेको छ |
संघियतालाइ आवस्यकता भन्दा बढी विवादित बनाएर सर्व साधारण जनता मा भय र त्रास को सिर्जना गर्ने मावोवादी , कांग्रेस , एमाले र अन्य राजीतिक पार्टीहरुका हरुको आ-आफ्नै स्वार्थ हरु छन् | पहिचान लाइ विषेस मुद्दा बनाएर आवाज उठाई रहेका लिम्बुवान, थारुवान , मगरात , तमुवान का साथै खस क्षेत्रि समाजले एक अर्काको ऐतिहासिक पृष्ठभूमि लाई स्वीकारेर संयुक्त रुपमामा कार्यगत एकता गरेर आन्दोलन गरेमा नेपालको राजीनिक पार्टीहरुको भबिस्य समाप्त हुनका साथै आतंकबादी कम्युनिस्टहरु र राष्ट्र घाती कांग्रेस अनि तेस्रो लिंगी एमाले बाट नेपाली जनता सदाको लागि मुक्ति पाउने छन् | संबिधान निर्माण मा ढिलाई हुनुको मुख्य कारण संघियता नभई राजनीतिक पार्टीहरुको आफ्नो हैसियत गुम्ने मानसिकता नै हो | नेपालको राजनीतिक पार्टीहरुको बिगत लाइ केलाउने हो भने कसैले चीनवादी हौ भनेर गर्व गर्छन त कोहि भारतवादी हु भनेर पाखुरी सुर्किनछन तर कोहि पनि नेपालवादी हु भनेर राजनीति गरेको देखिदैन | यिनीहरुले आफ्नो पार्टीको कार्यक्रम मा होस् या त पार्टी कार्यालयमा होस् नेपालको राष्ट्रिय झन्डा कहिले राखेको देखिदैन | नेपालको शाशन सत्ता चलाउने "योग्य" र "शिक्षित" वर्ग हरुले राज्यको दिर्गकालिन पूर्वाधारहरुको विकास गर्न असफल भएको हुनाले नै अहिलेसम्म हामी नेपालीहरु गरिवी, बेरोजगारी, भ्रस्टाचार अनि राजनीतिक अस्थिरताको चपेटामा गुज्रीनु परि रहेको छ |
अब को एउटै बिकल्प भनेको पृथ्वी नारायण शाह को नेपाल एकिकरण अभियान मा नेपाल अधिनस्त पारिएका राज्य हरुलाई पुन त्यहि राज्य को नामकरण गरेर संघिय राज्यहरु को नामकरण गर्नु नै सबै भन्दा सान्दर्भिक र बैज्ञानिक हुन्छ | पृथ्वी नारायण शाह स-साना राज्य हरु लाइ एक्रित गरि सिंगो नेपालको निर्माण गरेको योगदान लाइ भुल्नु गल्ति हुनेछ | मैले पहिले पनि लेखेको थिए पृथ्वी नारायण शाहले नेपाल चार जात (ब्राह्मण,क्षेत्रि ,वैश्य र शुद्र ) अनि छत्तिस बर्ण (आदिवाशीहरु ) को सयुक्त फुलबारी हो भनेका थिए तर उसका उत्तराधिकारी हरुले त्यो उपदेशको मर्म बुज्न सकेनन | राज्यको स्रोत र अवसर दरवारियाहरु र बाकी केहि सिमित बर्ग र जाति को प्रभुत्व मा रहन गयो त्यसको परिणाम आज सम्म पानि सबै नेपाली भावनात्मक रुपमा एकिकरण हुन् सकेको छैन | माथिको नेपालको नक्सा डा हर्क गुरुङ र उनका सहकर्मी हरुले अठारौ शताब्दी को उत्तरार्धमा नेपाल एजिकरण को समयमा अस्तित्वमा भएका राज्यहरु हरुको चित्रण गरिएको छ | संघियता को राज्य हरुको नामकरण गर्दा एतिहासिक निरन्तरता , संस्कृतिक र भाषिक पहिचान लाइ मान्यता दिएर संघिय राज्यहरुको सिमांकन गरेको खण्डमा अहिले संघियता को विवाद ले निकास पाउने छ र सम्भागित साम्प्रदायिक दुर्घटनाहुन बाट नेपाललाई बचाउने छ |
http://www.nepalinagrik.com