Posted by: Dibyadrishti April 5, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
अत्यन्तै बौदिक कमेन्ट दिनु भएको मा Geology Tiger र Sparty लाई धन्यबाद ।  

कुमार जी,

तपाईंको निर्णयको जीत होस तर यो थ्रेडमा आएको कमेन्ट एक पटक दोहोर्‍याएर फेरी पढ्नु होस तपाईंको पक्ष कसैले लिए जस्तो लाग्दैन । एती धेरै मानिस को बिचार गलत नहुनु पर्ने हो । तपाईंले जुन कुरालाई खराबीको रुपमा लिनु भएको छ त्यस्लाई चटक्कै बिर्सिएर उनि सँग को साथ लाई अघी बढाउनु बेस देख्छु । हुन त मन पराउनु र माय गर्नु फरक कुरा हो, तपाईंलाई उनको माया नलागेर पनि हुन सक्छ तपाईं उनि सँग बिहे नगर्ने सोच मा पुग्नु भएको । यती सजिलै यस्तो बिषय मा निर्णय लिनु राम्रो हुन्न । भोली कसैले देखेको छैन, तपाईंले भने जस्तो केटी पाउने इक्ष्या पुरा नहुन पनि सक्छ । हिजो लाई बिर्सिनुहोस र भबिस्य सोच्नुहोस । तपाईं आज सम्म कुमार हुनु होदो रहेछ, भोली बिहे गरिसके पछी तपाईं को अरुसँग सम्पार्क हुन सक्ला । बिहे पछी केटीहरु बढी इमान्दार हुन्छन भन्ने लाग्छ पुरुष भन्दा तर त्यस्को लागी तपाइले उनिलाई दिने मायामा कुनै कमी नआवस।
श्री पशुपतीनाथले तपाईंको कल्याण गरुन! 
Read Full Discussion Thread for this article