Posted by: 33_kumar April 3, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
म ३३ वर्ष को भएँ । म अझै कुमार छु । मेरो आर्थिक, मानसिक , शारीरिक अवस्था राम्रो छ । मेरो पढाई राम्रो छ । म graduate level को बिद्यार्थी हुँ । म कुमार छु भन्दा कसैले विश्वास नगर्ला तर म कुमार छु । मलाई यौन को बारेमा धेरै चासो पनि छ । म बिवाह अगाडी कुनै सम्पर्क गर्न चाहन्न । के यो उमेरमा कुमार नै बस्नु ले कुनै असर गर्छ ? मलाई आज भोलि चाहिँ हल्का तनाब हुन थालेको छ । हुन त यस्तो कुरा डाक्टर संग परामर्श लिनु पर्ने हो तर मेरो जस्तै कसैको समस्या छ कि ? मैले बुझ्न खोजेको केटी हरु ले के सोच्छन भन्ने हो ...यस्तो अवस्था मा मलाई केटि हरु ले कसरी सोच्छन ? के ३३ वर्ष सम्म कुमार हुनुले केहि फरक पर्छ? म सामाजिक र नैतिक प्राणी हुँ र मलाई बिवाह अगाडी अरु केटि संग सम्बन्ध राख्न मन छैन र मेरो केटि साथी पनि छैन । पहिला थियो तर त्यो दार्शनिक प्रेम थियो । हामीमा कुनै यौन जन्य कुरा भएनन् । उनको बिहे भएको नि धेरै भयो । रमाइलो कुरा चाहिँ के भयो भने हालसालै मेरो एक जना केटि संग मित्रता बढ्यो । म उनीलाई मन पराउन थाले । उनले पनि मलाई मन पराइन्, कुरा कै सिलसिलामा उनको पहिले नै अर्को केटा संग सम्पर्क भैसकेको रहेछ । उनले त्यो कुरा साचो भनिन् । मैले सोचे म यो उमेर सम्म कुमार छु तर जसलाई मैले चाहे जसलाई म बिहे गर्न चाहन्छु उसको कुमारी   भंग भैसकेको छ । उनिमा भएको खराबी त्यति नै हो । के मैले उनलाई बिहे गरे भने म सन्तुष्ट हुला ? मैले म कुमार नै बसेको के अर्थ रह्यो ? येही कुरा ले म तनाब म छु । यो अवस्था म तपाई भए के गर्नु हुन्थ्यो ? महिला वर्ग ले के सोच्नु हुन्छ ? तपाई हरुको विचार को आशा राख्दछु ! कृपया उडाउने र हासो को पात्र बनाउने प्रयास नगर्नु होला ! राम्रो सल्लाह को लागि अग्रिम धन्यबाद !

कुमार, वर्ष ३३

Read Full Discussion Thread for this article