Posted by: timer April 2, 2012
New Buddha, is he villain or hero?
Login in to Rate this Post:     0       ?        
 

बम्जनले आफ्नै दाजु र बहिनीलाई कुटे

 

 

२१ चैत, पथलैया । दुई महिलालाई तीन महिना सम्म बन्धक बनाएर राखेकेा घटना सेलाउन नपाउँदै तपस्वि भनिएका रामबहादुर बम्जनले फेरि आफ्नै दाजु र बहिनीलाई कुटपिट गरेका छन ।

स्लोभाकियाकी मारिचीलाई बन्धक बनाएर यौनशोषण गरेको समाचार सार्वजनिक भएपछि दोषीलाई कारबाहीको माग गदै हलखोरिया जंगल पुगेका आफ्नै परिवारका सदस्यहरुलाई बम्जनले कुटपिट गरेका हुन ।

मारिचीले आफुलाई बाधी श्रवण संघले बन्धक बनाएको र संघका दर्शन लिम्बुले यौन शोषण गरेको बताएकी थिईन । घटनाका बारेमा बुझ्न बम्जनको परिवारका सदस्य सहित नौ जना आईतबार राती तपस्या स्थल हल खोरिया जंगल पुगेका थिए ।

उक्त ठाउँमा पुगेका ६ जनालाई लिम्बुले तरबार देखाउँदै खेदेका थिए भने  बम्जनले आफ्नै परिवारका तीन जना दाजु भाई र बहिनीलाई पिटेको आजको अन्नपूर्ण पोष्टले खबर छापेकेा छ ।

Last edited: 02-Apr-12 11:19 PM
Read Full Discussion Thread for this article