Posted by: Rahuldai March 30, 2012
म भात जोडेर बसुँ कि कबिता लेखुं ??
Login in to Rate this Post:     13       ?         Liked by
म भात जोडेर बसुँ कि कबिता लेखुं ??

अस्ति न अस्ति एउटा कबिता लेख्या थिएँ,
साझामा छाप्या थिएँ
फेशबुकमा पोस्टया थिएँ

एउटा कमेन्ट आयो
४२० भोल्टको करेन्ट आयो
कबिता कस्तो "स्याड" रे ....
ठिकै थियो "नट ब्याड" रे .........
जसले जिन्दगी भरि,
कबितालाई लाइन मात्र मार्यो
दुइ लाइन कबिता कहिलेइ कोरेन
कवितालाई कहिलेइ बुझेंन
तिमी नै भन मेरो मान्यबर मित्र,
आज तिनै विद्वान महाशयको
म लात खाएर बसुँ कि कबिता लेखुं ?
म हात जोडेर बसुँ  कि कबिता लेखुं ?
 
फेशबुक हेर्दै थिएँ, साथी भाइ खोज्दै थिएँ,
एउटा स्टाटस देखें,

एउटा क्याक्टस देखें
३६५ दिनमा एक दिन कबिता न लेख्दा,
चम्चाहरुको चिप्लो वाह! वाह! नदेख्दा
आत्मग्लानीले रात भरि निद्रा लागेन रे


ए बाबा....... कबिता भनेको,
भान्छामा पाक्ने दाल, भात तरकारी हो र ?
कहिलेइ नरित्तिने चिन्तामणि भकारी हो र ?

कबिता शब्दहरुको  संग्रह हैन,
कबिता वाक्यहरुको बिग्रह हैन,
कबिता त मुटुको स्पन्दन हो,
भावहरुको सुगन्धित चन्दन हो,
आत्माको उदबोधन हो
परमात्मालाई सम्बोधन हो,
जीवन भोगाईको अनुबन्धन हो .

जब जब मनको परेली सजल हुन्छ,
"जब जब छातीको देब्रे पाटोमा हलचल हुन्छ",
 
तब तब एउटा मिठो कबिता बन्छ,
तब तब एउटा सुन्दर गजल बन्छ.
हर  दिन कबिता लेखन सक्दिन,
कबिता नामको रमिता देख्न सक्दिन

कबिता कुर्दा कुर्दै
भावहरु फुर्दा फुर्दै

कति रात कबिता मै हराएको छु ,
कति रात कबिता संगै कराएको छु,
 
अब तिमी नै भन मेरो मान्यबर मित्र
म रात सुतेर बसुँ कि कबिता लेखुं
म हात जोडेर बसुँ को कबिता लेखुं ?


हिजो एक जना मित्र ले फोन गरे,
फोनमा नाना थरि को टोन सुनाए,
“जागिर पाइस” उसले केरकार गर्र्यो
“छैन नि” मैले आफ्नो तितो सत्य भनें
"कबिता लेखेर बस्छस,
कथा पढेर बस्छस, "
"कसरि जागिर पाउछस् ?"
“हो हजुर, सोह्रै आना सहि “
अब देखि कबिता लेख्दीन सत्य सत्य,
क्रिया खाएँ,
प्रतिक्रियामा उ बिजयी अट्टहास हास्यो,
अब तिमी नै भन मेरो मान्यबर मित्र,
म भात जोडेर  बसुँ को कविता लेखुं ??
म हात जोडेर  बसुँ कि कबिता लेखुं ??
 
 
 
Read Full Discussion Thread for this article