Posted by: jhaukiri March 21, 2012
पानी !!
Login in to Rate this Post:     4       ?         Liked by
 पानी !!
 
मलाई पानी मनपर्छ |
उसको  तरलता 
अनि पारदर्शिता ..
मनपर्छ ..
बसाइको स्थिरता. ..
हिडाईको लचकता...
उसको घोलन्शील प्रवृति ...
आहा पानी !!
 
पानीको कथा लेख्न मनपर्छ |
उसको प्रेम ..
माटोसंगको संसर्ग ..
ढुगासंगको सहबास ..
उसको  ममता ...
पात पतिंगार..
जलचरसंग ... 
अनि उसको जीवन ...
सहनसिलताको  पर्याय ..... उसको जीवन |
 
मलाई उसको सरलता मनपर्छ |
उसको असिम फैलावोट...
अहमबिहिन उसको गहराई ....
स्वच्छ उसको... छवि....
यो धरातलमा उसको उपस्थिति मनपर्छ |
साँचै मलाई पानी मनपर्छ || 
.
 
 
 
 
 
Last edited: 22-Mar-12 10:05 PM
Read Full Discussion Thread for this article