Posted by: Rahuldai March 19, 2012
Login in to Rate this Post:
0
?
गोर्खा सैनिक हुनु वा लाहुर जानु राष्ट्रिय स्वाभिमानको हिसाब ले राम्रो हुदै होइन तर यो सदियौं देखि को परम्परा हो , नकार्न सकिदैन .
बैकल्पिक ब्यबस्था त्यो पनि सरोकारवाला हरु संग सरसल्लाह नगरी हठात् निर्णय गर्नु कुनै हालतमा राम्रो होइन.
अहिले जुन कथित सेना को आडमा सत्तामा पुगेका डा. साहेब आफै गोर्खा का हुनु हुन्छ . इतिहासमा गोर्खा पृथ्वी नारायण शाह र बहादुर गोर्खा सेना दुइले चिनिन्छ . शायद क्रान्तिकारी छलांग लगाउन कदम चालिएको हुन सक्छ .
असलियत मा माओबादी एजेन्डामा भर्ति केन्द्र बन्द गर्ने कुरा छ . यो राष्ट्रियता भन्दा नि लाहुर जान खोजेका तर अयोग्या ठहर भएका बन्दूकधारीहरुको अमिलो अंगूर हो . अहिले पनि तिनै जन सेना, भारतीय सेना त के बंगलादेशी सेनामा भर्ना खोले नि तीन बित्ता उफ्रेर जाने छन् .
मूल कुरा - भोको पेट ले राष्ट्रियता को भजन गाउन सक्दैन .
Last edited: 19-Mar-12 09:13 AM