Posted by: Rakeshkc March 18, 2012
Interpol Issues diffusion notice against Fraudster Pawan KarkiInterpol issues diffusion notice against fraudster Karki
Login in to Rate this Post:     0       ?        
We he read many positive as well as negative comments on news related to this fraudster Pawan Karki.But I request you not to make cynical comments, because thousands of peoples' hard earn money is at stake because of this criminal.

However, Fundamental question is how a fraudster can live a decent life in America with the money taken from many innocent Nepalese who have deposited their money in this Capital Merchnat Bank? According to the news below this criminal fraudster has already acquired the US citizen ship.

And the notice issued by Nepal police is only "diffusion notice" not a "red corner notice." This notice only serves to inform the US authorities and ask them to monitor this Fraudster.

America teaches other nations about money laundering and transparency. But it will be hypocritical,when they provide this person sanctuary in the name of the citizen ship.

This following news is from www.karobardaily.com

फाइनान्स डुबाउँदै डेढ अर्ब बाहिर

प्रस्तुति: कारोबार संवाददता

मिति: 2012-03-18

सम्बन्ध: प्रमुख समाचार

Name
काठमाडौं, ४ चैत
क्यापिटल मर्चेन्ट फाइनान्सलाई उपयोग गरेर पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कार्कीले १ अर्ब ४७ करोड रुपैयाँ (करिब २ करोड डलर) अमेरिका लगेको तथ्य भेटिएको छ । आफैंले खोलेको फाइनान्सबाट पैसा लैजान कार्कीले त्यहाँका कर्मचारीको सहयोग लिएका थिए ।
कार्कीले सिद्धार्थ विकास बैंकको कर्जा सुविधा रकमसमेत विदेश लगेका छन् । उनले केही समयअघि एबीसी स्टक प्रालिमार्फत सिद्धार्थसँग लिएको कर्जा सुविधा ‘डिफल्ट’ नहुने र थप कामका लागि क्यापिटल मर्चेन्टकी रिना तण्डुकारलाई सम्पर्क गर्न भन्दै सिद्धार्थलाई जवाफ पठाएका छन् । तर, गत साउनमा क्यापिटल मर्चेन्टमा समस्या देखिएपछि रिना फरार छिन् ।
प्रहरीले फाइनान्सका अध्यक्ष विज्ञान पौडेललाई नियन्त्रणमा लिएको छ । तर फाइनान्स डुबाएर रकम बाहिर लैजाने योजनाकार कार्की अमेरिकाका व्यवसाय गरिरहेका छन् । कार्कीलाई पक्रन नेपालले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा ‘डिफ्युजन नोटिस’ पठाएको जनाएको छ ।
“पारस्पारिक कानुनी सहायता ऐन र अमेरिकासँग सुपुर्दगी सन्धि नहुँदा कार्कीलाई पक्रन समस्या भएको हो,” केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख उपेन्द्रकान्त अर्यालले भने, “उनले त्यहाँको नागरिकता लिइसकेका रहेछन् ।” इन्टरपोलमा कार्कीविरुद्ध नेपालको अदालतमा मुद्दा परेको भन्दै उनका गतिविधिमा निगरानी गर्न सूचना पठाइएको छ । फाइनान्स डुबाउने कार्कीविरुद्ध बैंकिङ कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ । उनलाई पक्रन आवश्यक कानुनी व्यवस्था नरहेको प्रहरीको भनाइ छ ।
“पारस्पारिक कानुनी सहायताले प्रमाणको आदानप्रदान गर्न सकिन्छ,” अर्यालले भने, “सुपुर्दगी सन्धि नभएसम्म समात्न सकिँदैन ।”
सन् २००६ मा श्रीमती रञ्जना केसीले अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) पाएपछि कार्की उनीसँगै अमेरिका गएका थिए । दम्पत्तीले अमेरिकाको टेक्सासमा ‘नमस्ते इन्डिया’ नामको सुपरमार्केट खोलेको उनका निकटहरूले बताएका छन् । त्यस्तै, टेक्सासमा उनीहरूको नाममा एसियन इन्टरप्राइजेज, मुनड्रप इन्भेस्टमेन्ट कर्पोरेसन, नई इम्पोर्ट क्रपजस्ता कम्पनी दर्ता छन् ।
तण्डुकारलगायतको समूहले ११ नक्कली परियोजनामा ऋण निकासा गरी पवनलाई पैसा पठाएका हुन् । यस्तो रकम १ अर्ब ४७ करोड रुपैयाँ छ । प्रहरीले पुँजी पलायनमा सहयोग गर्ने प्रोगेसिभ फाइनान्सका अध्यक्ष तथा पवनका ससुरा शम्भुबहादुर केसी, क्यापिटलकै पूर्वमहाप्रबन्धक शिवराम जोशीलाई पक्राउ गरी उनीहरूको चल÷अचल सम्पत्ति रोक्का गरेको छ । केसी र जोशीको समूहले काठमाडौं र भक्तपुरका विभिन्न ठाउँका जग्गामा लगानी गरेको भेटिएकोे छ ।
खराब कर्जा र पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत हुनुपर्नेमा ५ प्रतिशतमात्र राखेको भन्दै केन्द्रीय बैंकले फाइनान्सलाई कारबाही गरेपछि थप अनुसन्धानका क्रममा पुँजी पलायनबारे तथ्य भेटाएको हो ।
अमेरिका गएपछि कार्कीले फाइनान्सका कर्मचारीहरूलाई हात लिएर नक्कली परियोजनामा कर्जा निकासा गरी रकम बाहिर लगेको राष्ट्र बैंकको अनुसन्धानमा देखिएको छ ।
नेपालबाट लगानी बाहिर लैजान प्रतिबन्धित भए पनि विभिन्न देशमा रहेका नेपाली कामदारका परिवारलाई क्यापिटलबाट रकम दिएर उनीहरूले आर्जन गरेको रकम कार्कीले अमेरिका पु¥याएको पुष्टि भइसकेको छ । यसअघि अर्थमन्त्रालयको अनुसन्धान टोलीले दक्षिण कोरियामा नेपालीले कमाएको पैसा अवैध रूपमा अमेरिका पु¥याउन कार्की संलग्न रहेको जनाएको थियो ।
सर्वसाधारणको निक्षेप अवैध बाटोबाट बाहिर पु¥याएर टेक्सासमा व्यवसाय गर्ने कार्कीले सन् २००१ मा फाइनान्स खोलेका हुन् । त्यअघि उनी पोल्ट्री फार्म र ससेज बनाउने व्यवसायमा थिए । सन् २००६ मा अमेरिका गए पनि उनले रकम बाहिर लैजान फाइनान्सका कर्मचारीहरूलाई प्रयोग गरेको पुष्टि भएको छ । क्यापिटल मर्चेन्टमा २ अर्ब ५० करोड निक्षेप रहेकोमा डेढ अर्ब पवनले मात्रै विदेश पु¥याएका छन् ।
Read Full Discussion Thread for this article