Posted by: Thakkhola March 11, 2012
जरुरि सुझाब चाहियो साथीहरु |
Login in to Rate this Post:     0       ?        
 ६ बर्ष अघि म अमेरिकामा PHD degree गर्नको लागि आउन लाग्दा मेरी प्रेमिकाले तगारो हलिन | "तिमि ५ बर्षको लागि जान्छौ म चाही नेपालमा तिमि बिना एक्लै कसरि बाच्नु" भनेर दिनै जसो बिलौना गर्न थालिन | धेरै जनाको सल्ला र सुझाब पछि, हामीले काठमाडौँ नगरपालिकामा गई बिबाह दर्ता गर्ने र पछी मैले उनीलाई dependent भनि अमेरिका बोलाउने कुरा निर्णय गर्यौ  र तेसै अनुसार बिबाह दर्ता गर्यौ | तेस पछि म अमेरिका आएँ | तर केहि समय पनि बित्दा नबित्दै हामीहरु बीच धेरै  misunderstanding हुन थाल्यो | बिस्तारै हाम्रो  सम्बन्ध नै चिसो  हुन  थाल्यो | उनले रिसै रिस को झोकमा अस्ट्रेलिया apply गरिन र तेही पढ्न गईन | त्यहाँ गएको केहि महिना त उनि मेरो सम्पर्कमै आइनन् | पछी एक्कासी तथानाम लेखेर एउटा email पठाइन | उनले मेरो मुख पनि हेर्न मन नलागेको र अब उपरान्त कुनै हालत मा उनले म संग सम्पर्क नगर्ने र मैले पनि उनीलाई कहिलेइ सम्पर्क नगर्नु भनेर लेखेकी थिईन | उनको mummy ले उनलाई मैले उनको life destroy गर्न सक्छ भन्नु भाको रे | म नाथे एउटा झिंगाको त life destroy गर्न सक्दिन | तेत्रो ५ वर्ष देखि माया पिरती लाएको मान्छे लाइ किन तेसो गर्थे होला र ?! फेरी  म माथि तेस्तै अविस्वास रहिछ भने तेत्रो ५ वर्ष सम्म चाही किन मलाई boyfriend बनाएर बसेकी होलिन | म त कहिले कहिँ सोच्या सोच्येई हुन्छु | खैर , अहिले त्यो कुराको केहि अर्थ छैन | तर जेसुकै भएपनि  मैले उनको इच्छा को सम्मान गर्दै उनीसंग कहिलेइ सम्पर्क गरिन | केहि अघि सुन्नमा आयो उनको त बिहा भएर बच्चा पनि भै सकेछ | जे होस् उनको  जीबन  राम्रो संग चलिराख्या रहिछ | I am happy for her.

अस्ति december मा मेरो पनि graduation भयो  | तेही पढेकै University मा   काम गर्छु | करिब ३ महिना अघि म संगै school मा पढेको साथी मेरो सम्पर्कमा आईन | उनिको पनि मेरो जस्तै life को बारेमा सोच्दा सोच्दा life चाही जहाको तेही अड्किएको रहिछ | उनको पनि बिबाह भएको रहिन छ | School मा पढ्दा उनि मलाई सारै मन पर्थिन | तर कुरो कहिल्येई आगाडी बढ्नै सक्या थिएन | अब यसपाली चाही मौका खेर  जान दिने पक्ष्यमा थिईन म | झट्टै बिबाह को प्रस्ताब राखे, उनले स्विकारिन | उनि नेपाल मा  छिन | April मा  बिहे गर्ने कुरा दुबैको घर पक्छ्य बाट निर्णय भैसक्यो | अब समस्या भने ६ वर्ष अघि गरेको बिबाह दर्ताको भै राख्या छ | म र मेरो पहिलो प्रेमिका भनौ या श्रीमती भनौ, हाम्रो बीच formal divorce कहिल्येई भा छैन | उनको त सबै set भै सक्या छ | अब  उनि मलाई चिन्दा पनि चिन्दिन भन्दै हिडछिन रे | It's as clear as a crystal - I can't expect any sort of help from her. अब divorce प्रक्रिया नै पुरा नगरी फेरी बिबाह दर्ता गर्न मिल्ने हो कि नमिल्ने हो? लौन बुद्धिजिबी साथीहरु हो, यसो सल्ला र सुझाब पाउँ न - म संग के विकल्पहरु छन् होला ? I would be very obliged to you for your suggestions. 
Last edited: 11-Mar-12 01:34 AM
Read Full Discussion Thread for this article