Posted by: Rahuldai March 5, 2012
नेपाली साहित्यका पन्ध्र तारा
Login in to Rate this Post:     0       ?        

भवानी भिक्षु को सम्झना दिलाई दिएकोमा मा ...snurp ji . लाइ धन्यबाद . भिक्षुका कथा निबन्धहरु अलिकति क्लिष्ट भए पनि उच्चकोटी कै छन् .  उहाँ लाइ सम्मान दिने पर्छ र अझ त्यो लिस्ट समाबेशी हुने छ .

सरु भक्त, ध्रुब चन्द्र गौतम,  शैलेन्द्र शाकार , मनु ब्राजाकी , हेमन्त श्रेष्ठ , तिर्थ श्रेष्ठ, प्रकट पगेनी , हरि अधिकारी, दुबसु क्षेत्री, कृष्ण धाराबासी  आदि इत्यादि स्तरीय  स्रष्टाहरु हुन् . अब जिते ब्रो ले अहिले पनि सक्रिय स्रष्टाहरु को सूची बनाउन खोज्नु भाको कि , समय को कुनै काल खण्ड को , मेरो बुझाइ मा आधुनिक नेपालि साहित्यको जग राख्ने स्रष्टाहरु जो अहिले यो दुनिया मा हुनु हुन्न उहाँ हरु को सूची तयार गर्न खोज्नु भएको  हुनु पर्छ .

सीमापारिका स्रष्टाहरु समाबेश गर्ने हो भने सुधपा अर्थात सूर्य बिक्रम ज्ञवाली, धरणीधर कोइराला र पारस मणि प्रधान संग संगै " बसाइ " उपन्यासका चर्चिर लेखक लिल बहादुर क्षेत्रीलाइ भुल्नु अन्याय ठहरिन्छ .
 

Read Full Discussion Thread for this article