Posted by: Deep March 5, 2012
नेपाली साहित्यका पन्ध्र तारा
Login in to Rate this Post:     0       ?        
एक त साहित्यको क्षितीज सम्म फैलिएको फाँट अनि त्यो फाँटलाई चुम्न झुकेको आकासलाई स-सानो बारीको कान्लामा बसेर हेर्दै मन्त्रमुग्ध झैं उभिएको म जस्तो एउटा रमितेले साहित्यकारहरुको मूल्याङ्कन गर्ने कुरा सम्भावना बाहिरको पर्यो।

अलि अलि लेखकको अलि अलि सिर्जना पढेर उनीहरु बारे समग्रमा राय दिने हिम्मत पनि म सँग छैन। तर साहित्यकारहरुको सकेसम्म जिउँदै हुँदा नभए पछी भए पनि उचित मूल्याङ्कन हुनु पर्छ भन्ने सोचाई भने मेरो पनि छ। नेपालको सन्दर्भमा साहित्यकार मात्रै होईन अरु कलाकारहरुको पनि उचित आदर भएको पाएको छैन मैले। अब त झन जात जाती र भाषामा राज्यै बिभाजनका चर्का नारा दिनेहरुले कुरा अरु बिथोलेका छन।

ब्यक्तिगत तवरमा भने म महाकबी देबकोटा, पारीजात, ह्र्दयचन्द्र सिंह, कृष्णचन्द्र सिंह प्रधान, लीलबहादुर छेत्री, झलकमान गन्धर्ब, फत्तेमान, नारायण गोपाल, बिमा कुमारी दुरा लगायतका समस्त हस्तीहरु (जस्मा यही साझाका पनि समाहित छन) जस्ले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका छन ती सबै प्रति नतमस्तक छु।

धागोमा केही फुलहरु उनेर दीएकोमा GT प्रभो र यै मालामा अरु फुलहरु थप्ने सबै साथीहरुलाई धन्यबाद दिन मन लाग्यो र दिएँ पनि यिनै शब्दहरुले।

Read Full Discussion Thread for this article