Posted by: Geology Tiger March 3, 2012
नेपाली साहित्यका पन्ध्र तारा
Login in to Rate this Post:     0       ?        

धेरै धेरै धन्यवाद ठुल्दाइ र साथीहरुलाई,

खासमा मैले कृष्णप्रसाद पराजुलीले लेख्नु भए अनुसारकै लेख्न र यसमा समसमायिक परिवर्तन कसरी गर्न सकिन्छ भनेर सोध्न खोजेको थिए । तै पनि वि पि, हृदयचन्द्र सिंह प्रधान र कृष्णचन्द्र सिंह प्रधानलाई त छुटाएकै रहेछु, वहाँहरु त कृष्णप्रसाद पराजुलीको पुस्तकमा पनि हुनुहुन्थ्यो जस्तो लाग्छ ।

साथै ठुल्दाइ, स्टिफ्लर र मोटुले भने जस्तै भैरब अर्याल, केशवराज पिडाली, गोबिन्दबहादुर मल्ल गोठाले, डायमन्ड शम्शेर यसै गरी हारेले भने जस्तै भूपी शेरचन र ध्रुबचन्द्र गौतम र मोटुले भने जस्तै पारिजात पनि समावेश गर्नुपर्छ जस्तो लाग्छ ।

एटोमिक ब्रो गणेश रसिक चाँही बढी गीत संगीतको क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ जस्तो लाग्छ । अब ठुल्दाइले किन रमेश विकलको नाम लिनु भएन त्यो ठुल्दाइले नै भन्न सक्नुहुन्छ । तर शिवलिङ ब्रो साझामै पनि ठुल्दाइले लेखेको केही पुराना धागाहरु खोज्नु भयो भने क-कसले के के चोरेर लेखेका हुन् सब थाहा पाउनुहुनेछ ।  

Read Full Discussion Thread for this article