Posted by: Geology Tiger February 26, 2012
GO MAOISTS !!
Login in to Rate this Post:     2       ?         Liked by

नेपाली नागरिक महाशय,

कति वाक्क दिक्क लाग्ने गरी माओवादीको नाम जपिरा भन्या?

नाम नेपालको नागरिक राख्दैमा कोही पनि सच्चा नेपाली नागरिक हुँदैन । जसले देश र जनताको बारेमा राम्रो सोच्छ र राम्रो गर्ने प्रयास गर्छ त्यो नेपाली नागरिक हो । सच्चा नेपाली नागरिक हुन कुनै पार्टीको भाडाको टट्टु हुनु जरुरी छैन । राम्रो काम चाहे माओवादीले गरुन वा चाहे राजावादीले गरुन त्यो राम्रै हुन्छ, नराम्रो काम चाहे बाबुरामले गरुन् वा चाहे पारस सरकारले गरुन् त्यो नराम्रै हुन्छ । एक चोटि माओवादी वा अरु कुनै पार्टीवादी नभई मात्र नेपालवादी भएर सोची हेर्नुस्; कसले के के गरिराछ देशको लागि?  अनि जनताको लागि? अनि फेरि कुर्लिनु होला ।

यदी त्यसो होइन यहाँलाई ताल न सुरसँग एउटै राग अलापिरहनु छ भने पनि स्वतन्त्रता छ । तर यदी यहाँ गोबरलाई सुन देख्नु हुन्छ भने अरुले पनि त्यस्तै देख्नुपर्छ भनेर नसोच्नु होला किन भने यहाँ सबै भाडाको टट्टु छैनन् ।

फेरि पनि नेपाली नागरिक हुनको लागि नाम नेपाली नागरिक हुन जरुरी छैन, काम चाँही हुनु जरुरी छ, अनि सोचाइ पनि हुनु जरुरी छ ।

अस्तु   । 

Read Full Discussion Thread for this article