Posted by: jhaukiri February 14, 2012
तिमी र म
Login in to Rate this Post:     5       ?         Liked by
 तिमी र म
 
एउटा आकाश 
एउटा जुन 
शितलता र रात 
 
एउटा फूल 
एउटा रंग 
बास्ना र मात
 
एउटा धोनी 
एउटा गीत 
आस्था र साथ 
 
बाटो , ढुंगा , पानि 
हरियाली र पात
 
मिलन, हासो , स्पर्स 
मिठास र बात 
 
जीवन , सपना ,यात्रा
यथार्त  र भात  
 
अन्तमा ,
जीवन र आकाश 
सपना र फूल 
यात्रा र धोनी 
यथार्त  र बाटो 
भात र मिलन 
अनि तिमी र म 
तेही  "र" काट्ने प्रयास गर्दैछु !! 
 
Read Full Discussion Thread for this article