Posted by: Rakeshkc February 7, 2012
Nepal’s one of the Biggest Financial Scammer – Pawan Kumar Karki
Login in to Rate this Post:     0       ?        
I have seen and read many psychopaths  like jepayetei  having thier psychopathetic comments  in this forum. But  I think it is our duty to expose criminals like Pawan Karki who is living in America, and because he has caused unprecedented harms to many depositors and shareholders. He is in the USA with the looted money of ordinary people.

Please read this update from www.aarthikdainik.com.np about why American Government has refused to hand over this criminal. Sooner or later there will be red corner notice for this criminal. But I think he has connection with, the present Minister JP Gupta, whose brother also used to be associated with this finance company. This may hinder the process of issuing red corner notice.

अमेरिकाद्वारा क्यापिटल मर्चेन्टका पवन कार्कीलाई पक्राउ गर्न अस्वीकार


रामप्रसाद पुडासैनी
काठमाडौं, माघ २३
नेपालमा वित्तीय अपराध गरेर आफ्नो देशमा कानुनीरुपमा बसोबास गर्दै आएका नेपालको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका तत्कालीन प्रबन्ध सञ्चालक पवनकुमार कार्कीलाई पक्राउ गर्न अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले यही माघ १६ गते वासिङ्टन डिसीस्थित नेपाली दूतावासलाई पत्र लेख्दै ‘कार्कीलाई नेपालमा अपराध अनुसन्धानको सिलसिलामा अनुसन्धानका लागि पठाउन विद्यमान अमेरिकी ऐनअनुसार मिल्ने प्रावधान नरहेको’ जानकारी गराएको छ । पत्रमा अमेरिकाले नेपाल र आफ्नो देशबीच सुपुर्दगी सन्धि नभएकाले पनि पक्राउ गरेर बुझाउन सम्भव नभएको जनाएको छ । अमेरिकी उक्त भनाइले नेपाललाई संसद्बाट सुपुर्दगी कानुन पास गर्न अर्को नैतिक दबाब परेको छ । कार्की अमेरिकामा ग्रिनकार्ड पाएर बसेका छन् ।
कार्कीका बारेमा अमेरिकी विदेश मन्त्रालयले दिएको पत्र सोही दिन वासिङ्टन डिसीस्थित नेपाली दूतावासका प्रथम सचिव आनन्दप्रसाद शर्माले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखालाई पठाउनुभएको छ । परराष्ट्रले उक्त पत्रको जानकारी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई गराएको छ । अर्थका एक अधिकारीले भने– ‘अमेरिकी विदेश मन्त्रालयले नेपाली दूतावासमार्फत पठाएको पत्र प्राप्त भएको छ ।’ ती अधिकारीका अनुसार कार्कीलाई पक्राउ गर्नेबारे के गर्ने भन्नेबारेमा छलफलपछि मात्र तय हुनेछ ।
कार्कीलाई पक्राउ गरेर नेपाल पठाउन आफ्नो देशको ऐनले नदिने जानकारी गराएपछि वासिङ्टन डिसीस्थित नेपाली दूतावासले अमेरिकी सरकारसमक्ष कार्कीलाई अनुसन्धानका लागि नेपाल पठाउन अन्य उपाय के हुन सक्छ भन्दै खोजी गरेको थियो । अमेरिकाको विदेश र कानुन मन्त्रालयका अधिकारीहरुले नेपाल सरकारले कार्कीलाई इन्टरपोलमार्फत पक्राउ गर्न सक्ने र त्यसका लागि इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न सुझाव दिएका छन् । अर्थका अधिकारीका अनुसार कार्कीलाई इन्टरपोलमार्फत पक्राउ गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन । इन्टरपोलमा नोटिस जारी गर्न सरकारले निर्णय गर्नुपर्नेछ । त्यसका लागि अर्थले प्रस्ताव अगाडि बढाउनुपर्ने हुन्छ ।
गत भदौको अन्तिम साता भने कार्कीको ‘फिङ्गर प्रिन्ट’ अर्थात् औंठाछाप उपलब्ध गराइदिन अमेरिकाले काठमाडौंस्थित आफ्नो दूतावासमार्फत नेपाल सरकारसँग आग्रह गरेको थियो । नेपाल सरकारले कार्कीलाई पक्राउ गरेर पठाइदिन अमेरिकास्थित दूतावासमार्फत अमेरिकी सरकारसँग आग्रह गरेपछि औंठाछाप माग गरिएको थियो । नेपालले औंठाछाप पठाएपछि कार्की अमेरिकामा कसरी कुन ठाउँमा बसेका छन् भन्ने पत्ता लागेको थियो । औंठाछापबाट कार्की अमेरिकामा कानुनीरुपमा बसोबास गरेको पुष्टि भएपछि उनलाई पक्राउ गर्न अमेरिकी सरकारले नमिल्ने जनाएको हो । अमेरिकाले ‘फिङ्गर प्रिन्ट’ नै मागेपछि कार्की नेपाल आउने अनुमान यहाँको सरकारले गरेको थियो ।
कार्कीले १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार रुपैयाँ ठगी गरेर नेपालबाट भागेर अमेरिका गई बसेका हुन् । प्रहरीले क्यापिटलका संस्थापक अमिरजंग खड्कालाई गत असार १३ गते, सेयरधनी जानुका केसीलाई १४ गते र भरतराज पौडेललाई भदौ ४ गते पक्राउ गरेको थियो । उनीहरु साधारण तारेखमा रिहा भइसकेका छन् । तत्कालीन अध्यक्ष विज्ञानप्रसाद पौडेल, वरिष्ठ अधिकृत मनोज खनाल, राजु कार्की र हरिहर खड्का भने पुर्पक्षका लागि थुनामा छन् । उक्त वित्तीय अपराधमा प्रमुख हात पवनकुमारको देखिएपछि नेपाल राष्ट्र बैंकको अनुरोधमा अर्थले अमेरिकी सरकारसँग उनलाई पक्राउ गरेर पठाइदिन आग्रह गरेको थियो । क्यापिटलमा कार्कीको प्रत्यक्ष १५ सहित ६० प्रतिशत सेयर रहेको छ । क्यापिटलले गरेको ऋण लगानीमध्ये अधिकांश कार्कीले नै उपभोग गरेको राष्ट्र बैंकको छानबिनले देखाएको छ ।
Read Full Discussion Thread for this article