Posted by: Mansoon February 4, 2012
जिन्दगी
Login in to Rate this Post:     1       ?         Liked by
 खै यो जिन्दगी पनि के जिन्दगी ?  
साला लस्टै सस्तो भयो जिन्दगी । 
झ्याप भाको बेलामा साँढे झै हुने यो जिन्दगी 
नखाएको बेला चाँही लुते बिरालो यो जिन्दगी ।  
 
घण्टा हान्न नपाएर काम खोज्दै 
लखरलखर यताउती भौतारिन्छ जिन्दगी । 
कामले पेल्न थाले पछी दिक्क लाग्छ आँफैदेखि 
भन्छु फेरी साला, यस्तो पनि के जिन्दगी !
  
बाबुआमाले सोध्छन् नेपालबाट अफिस गइस्? 
कस्तो चल्दैछ हँ तेरो जिन्दगी ?   
कसरी भन्नु ग्याँस स्टेसनमा दिनरात 
घण्टा हानी हानी बित्दैछ मेरो जिन्दगी ।      
 
ठुलो भाग खान भनी आको अमेरिका 
लोप्पा पो खायौ है कठै! मेरो जिन्दगी । 
बालेट झिकी हेर्छु जब एउटा चुरोट 
किन्न पनि नपुग्ने रित्तो रित्तो छ यो जिन्दगी ।
 
सानैदेखि बिहे गर्ने ठुलो मेरो रहर थियो 
रहर सारा रहरै भो बितिसकेछ आधा जिन्दगी ।
घोर्ले छोरो जन्माएर घरजम गरी बस्छु भन्थे    
थुइक्क! अझै कति एक्लै बाँच्नुपर्ने हो यो जिन्दगी ?  
 
आफ्नै देश फर्की जाउ झै लाग्छ कहिलेकाँही   
जसोतसो कसो नचल्ला त साला यो जिन्दगी?
गर्नु गुलामी गरिसकिस्, हान्नु घण्टा हानिसकिस्  
अब त फर्की देशमा, आँफै केही गर भन्छ यो जिन्दगी ।
Read Full Discussion Thread for this article