Posted by: Geology Tiger February 3, 2012
जिन्दगी
Login in to Rate this Post:     3       ?         Liked by
मैले रोजे तिमीलाई तिमी मेरो जिन्दगी
सोचे शायद दुई पाइला सँगै हिंड्न सजिलो पो हुन्छ कि?
कहाँ जाने? कता जाने? अलमलियो बाटो हाम्रो
डर लाग्छ साथ हाम्रो फेरि कुनै दोबाटोमा छुटिन्छ कि?
काँडै काँडामाझ फूलेकी एउटा सुन्दर फूल तिमी
सँगै बाँच्ने सँगै मर्ने सपनाहरु तिम्रो मनले पनि बुन्छ कि?
आफ्नो दु:ख जति लुकाइ अरुलाई हँसाउने
सँगै हुँदा हाँसे पनि तिम्रो त्यो मन कतै एकान्तमा रुन्छ कि?
तिमीलाई रुवाउनु मेरै गल्ती भएको हो
हाँसो दिन खोज्दा आँसु नियति शायद यसैलाई भनिन्छ कि?
साँचो माया गर्नेहरुको सधैं जीत हुन्छ भन्थे
सुनिदिने दैव कोही भए दिलको आह हाम्रो यो सुन्छ कि?
 
Read Full Discussion Thread for this article