Posted by: Rakeshkc February 3, 2012
Nepal’s one of the Biggest Financial Scammer – Pawan Kumar Karki
Login in to Rate this Post:     0       ?        
Please Read this link about what Nepal's Criminal Investigation Bureau Chief Upendra Kant Aryal has to say about this criminal Pawan Kumar Karki

The Problem is Nepal does not have extradition treaty with the USA>

नेपालमा आर्थिक अपराध गरेर विदेशमा लुक्नेहरू धेरै छन्

By karobardaily - Fri Feb 03, 11:44 am

उपेन्द्रकान्त अर्याल
प्रहरी नायब महानिरीक्षक (डीआईजी)
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख
 

नेपालमा अपराध गरेर सजिलै विदेश भाग्ने प्रवृत्तिले पनि समस्या देखिएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

यस्तो प्रवृत्ति देखिएको छ । यसले हामीलाई पनि समस्या पारेको छ । जस्तैः क्यापिटल मर्चेन्टबाट रकम लिएर फरार भएका पवनकुमार कार्की अहिले अमेरिकामा लुकेका छन् यस्ता थुप्रै उदारण छन् । धेरै मान्छे नेपालमा आर्थिक अपराध गर्ने र विदेशमा बस्ने गर्छन् । त्यस्ता व्यक्तिलाई नेपाल आउन बाध्य पार्ने कानुन छैन । ती व्यक्ति नेपालको कानुनअनुसार कारबाहीको दायरामा आउन कठिन छ । नेपाल आउन बाध्य पार्न कुनै कानुनी व्यवस्था नभएकाले पनि नेपालमा आर्थिक अपराध गरेर भागेका मान्छेलाई नेपालमा ल्याउन गाह्रो भएको छ ।

इन्टरपोलमार्फत काम हुँदैन र ?

इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिसकेपछि पनि त्यो देशको कानुन समेत हेर्नुपर्छ । उसलाई फिर्ता पठाउन मिल्छ कि मिल्दैन, त्यो देशको कानुनमा भर पर्छ । त्यस कारणले सन्धि नै हुनुपर्छ ।


 

Read Full Discussion Thread for this article