Posted by: Geology Tiger February 1, 2012
जिन्दगी
Login in to Rate this Post:     2       ?         Liked by
शान्ति तिम्रो कविता पढेर यस्तो लाग्यो तिम्रो मनमा शान्ति छैन ......
तर पनि तिम्रो रचना मिठो छ, अरु पनि यस्तै यस्तै लेख्दै जाउ..... आफ्ना मनमा लागेका तिता मिठा भावना पोख्दै जाउ

वास्तवमा जीवन सुन्दर पनि छ, अत्यन्त कुरूप पनि छ..... न त जीवनको कुनै निश्चित आकार छ न त कुनै निश्चित परिभाषा...... उकालीहरुमा जीवन उकालो नै हुन्छ.... ओरालीहरुमा ओराली.... भिरहरुमा भिर नै हुन्छ...... सुन्दर तलाउ हरुमा तलाउ नै..... वास्तवमा जीवन जस्तो भोग्यो तेस्तै हुन्छ यसको परिभाषा....

आशा छ तिमीलाई जिन्दगीले मन्द बिष मात्र होइन अमृतको प्याला पनि चखाउने छ

तर एउटा कुरा मलाई त जब मनमा शान्ति हुन्न केही खाना मन लाग्दैन ....आशा छ तिमीलाई भोक र निद्रा लाग्छ होला
Read Full Discussion Thread for this article