Posted by: peaceinheaven January 31, 2012
जिन्दगी
Login in to Rate this Post:     15       ?         Liked by
 भैगो छोडी देउ मलाई तिमी बिनै बाँचिदिन्छु यो जिन्दगी 
आफ्नो इच्छा पूरा गर्न स्वार्थी बनी बाँच्नुछैन यो जिन्दगी 
तिम्रो माया पाउन आफूले आँसुले भर्नुछैन अरु कसैको जिन्दगी 
एक मुठी सास फेर्नको लागि चाहिन्न मलाई उधारो जिन्दगी 

अस्तव्यस्त छ जताततै, सम्हाली नसक्नुछ यो मेरो जिन्दगी 
सम्हाल्छु भन्छु म तर फेरि चिरा चिरा चर्किन्छ जिन्दगी 
बाँच्नको लागि मात्रै जिउनु पर्ने एउटा बाध्यता रहेछ जिन्दगी
सास मात्रै बाँकी रहेको एउटा जिउदो लास रहेछ यो जिन्दगी 

रुन्चे हाँसो नै भए पनि सबको सामू हाँस्नै पर्ने यो जिन्दगी
काँडै काँडाहरु बिचमा फूललाई सम्झी बाँच्नुपर्ने यो जिन्दगी 
खुशी बाँडी अरुलाई आफ्नो चाहनाको घाँटी रेट्नुपर्ने जिन्दगी 
हाँसी हाँसी पिउदै जानुपर्ने एउटा मन्द बिष रहेछ यो जिन्दगी
Read Full Discussion Thread for this article